दर्जनौँ कांग्रेसका कार्यक्रताद्धारा वामगठवन्धनमा प्रवेश

जाजरकोट । यहाँको वारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका दर्जनौ कार्यक्रता वामगठवन्धमा प्रवेश गरेका छन् ।

संयूक्त वामगठवन्धका प्रदेश सभा सदस्या जाजरकोट क्षेत्र न १ का उम्मेदवार गणेसप्रसाद सिंहको उपस्थितीमा दर्जनौँ कांग्रेस कार्यक्रताले प्रवेश गरेको वाम प्रचार प्रसार समितिले जनाएको छ । वारेकोट ४ का वडा सदस्या गोरख सार्कीको नेतृत्वमा १६ जना , धनकला विकको नेतृत्वमा ७ जना , मनवहादुर सार्कीको नेतृत्वमा १३ जना नेपाली कांग्रेस त्यगेर वामगठवन्धनमा प्रवेश गरेका छन् ।

प्रवेश संगै वारेकोटको स्थानीयले वाम गठवन्धलाई सघाउने प्रतिवद्धता जनाएका छन् । गरिव ,दुखि , जनताको पक्षमा जहिले पनि वामगठवन्ध भएका कारण आफुले प्रवेश गरेको नवप्रवेशीले वताएका छन् ।





error: Content is protected !!