सम्वृद्ध जिल्लाको आधारचित्र कोरेको छु पुर्व गृहमन्त्रि बस्नेत

जाजरकोट । जिल्लालाई शिक्षित, सभ्य र समृद्ध वनाई पश्चिम नेपालको गौरवको रुपमा चिनाउने पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले अठोट गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका बस्नेतले मतदाताहरु संग यस्तो अठोट गर्नु भएको हो । मतदातासंग उहाँले जिल्लाको समृद्धिको आधार चित्र कोरेको वताउदै अवको पँच बर्ष भित्रै अरु जिल्लाले गौरव गर्न लायक जिल्ला बनाउने बताउनु भएको हो । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत कुरालाई तत्काल सम्बोधन गरि एक बर्ष भित्रै प्रत्यक गाउँमा सडक संजाल जोड्ने उहाँको भनाई छ ।
जिल्लाको अर्छानिमा रहेको टुर्मालिन काइनाइट ढुंगा, बारेकोटमा रहेको फलाम र भुरचौरमा रहेको कोइला खानिलाई उत्खनन् गर्न विशेष योजना अगाडी बढाई सयौको रोजगारी सिर्जना गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । अन्तराष्ट्रिय पुलको रुपमा रहेको भेरीकरिडोर राजमार्ग निर्माण गरि भारतको रुपैडिया देखि चिनको तिव्वतको धो सम्म जोड्ने कामलाई मुर्तरुप दिइने र त्यसबाट जिल्लाले उल्लेख्य फाइदा लिने उहाँको तर्क छ ।
कृषि र पशुपालनको लागि उपयुक्त जिल्ला भएकोले यसलाई आधुनिकिकरण गरि बजारको उचित व्यवस्था गर्ने मतदाताहरु संग प्रतिवद्धता जनाउनु भएको छ । आफुलाई जिल्ला बासीको आशा, भरोषा र माया भएकोले प्रतिद्धोन्दिलाई १० हजार मतान्तरले जित्ने दावि समेत गर्नु भयो ।










