गरिब विद्यार्थीलाई सोलार

दुर्गमका गरिब तथा जेहेनदार विद्यार्थीलाई सोलार बत्ती वितरण गरिएको छ । शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउने उद्देश्यले शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत जाजरकोटका ४१ माविका कक्षा ९ र १० मा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई बत्ती वितरण गरिएको हो । सूर्य रोशनी इन्डस्ट्रियल प्रालि काठमाडौंले जिल्ला शिक्षामार्फत यहाँका २ हजार ५ सय ३२ विद्यार्थीलाई सोलार बत्ती दिएको हो । कार्यालयले प्रतिविद्यार्थी २ बत्ती बल्ने १० वाटको सोलार वितरण गरेको छ ।

प्रालिले जिशिकालाई १० करोड ६४ लाखको सोलार उपलब्ध गराएको निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताए । पहिलो चरणमा ६४ माविमध्ये ४१ का विद्यार्थीलाई सोला बत्ती दिने र दोस्रो चरणमा बाँकी सबैलाई उपलब्ध गराइने गिरीले बताए ।
प्रालिका प्रतिनिधि सन्दीप आचार्यले एक वर्षअघि यहाँका विद्यालयले ९ र १० कक्षामा अध्ययनरत निम्न आयस्रोत भएका विद्यार्थीको आवेदन माग गरेअनुसार सोलार उपलब्ध गराएको जानकारी दिए ।

 





error: Content is protected !!