चुनाव मय जाजरकोटका गाउँ , वमगठवन्धनको चुनावी गतिविधी आक्रामक

जाजरकोट , मंसिर १० को चुनावलाई लक्षित गदै गाउँ गाउँ पुगेका नेतालाई जनताले मागै माग राखेर हैरान वनाएका छन् । खानेपानी,विद्युत, वाटो ,पुल र विद्यालय निर्माण गरिनु लगाएतका माग राखि हैरान वनाएका छन् ।
चुनावि घोषणा पत्र विना गाउँ पुगेका नेता र उम्मेदवारलाई तपाईको एजेण्डा के छ भनी प्रश्न समेत गर्न थालेका छन् । यतिवेला जाजरकोटका गाउँ हरु वाम गठवन्धन र नेपाली कांग्रेसका नेता तथा कार्यक्रताले भरिएको छ । दैनिक चुनावी सभा, वैठक, छलफल तिव्र पारिएको छ । गाउँ गाउँमा जनताको आशा लाग्दो र भर पर्ने खालको नेताका पछि पछि अधिकांश नेता तथा कार्यक्रताको भिड लागेको छ । एकले अर्काको आलोचना गदैँ हिडेको देख्दा स्थानीय वासीहरु दिक्क लागेको वताउँछन् । दैनिक वामगठवन्धनले विहान ६ वजे देखि राती १० वजे सम्म करिव ७ वटा कार्यक्रम तथा कार्यक्रता प्रशिक्षण गरेको नेकपा एमालेका श्रम तथा रोजगार विभागका सचिव निरज आचार्यले वताउनुभयो । गाउँमा वामगठवन्धको आशा र भरोसा संगै विपक्षीले फैलाएको भ्रमको अन्त्य भएको आचार्यको भनाई छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरु संगै एकै मञ्चमा भाषण तथा प्रशिक्षण गदै हिड्दा समर्थक स्थानीय कार्यक्रता र जनताहरु अनौठो मानेर प्रश्न गदै खुसी साटासाट गरेको देख्न पाईन्छ ।
वामगठवन्धनले विगतको तिक्ततालाई भाईचाराको सम्वन्धको रुपमा रुपान्तरण गर्न कार्यक्रता प्रशिक्षणलाई दिदै आएको छन् । अहिले सदरमुकाम भन्दा गाउँमा दैनिक दर्जन कार्यक्रमले गर्दा गाउँ चुनाव मय भएको छ । जाजरकोटमा नेपाली कांग्रेस भन्दा वामगठवन्धनको भोट करिव २० हजारले अगाडी रहेको छ । वम दलले प्रचारप्रसाराका लागि जिल्ला स्तरिय नेतृत्वलाई नै अगाडी वढाएर चुनावी प्रचारमा लागेका छन् । पुर्व गृहमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली नेता एर्व प्रतिनिधी सभाका उम्मेदवार शक्तिवहादुर वस्नेत र प्रदेश सभाका जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेसप्रसाद सिंहको समुह मा नेकपा एमाले जाजरकोटका ईन्चार्ज भैरवसुन्दर श्रेष्ठ , श्रम तथा रोजगार विभागका सचिव निरज आचार्य , पुर्व संसद रिता रावल लगाएतका प्रभावशाली नेताहरु रहेका छन् । त्यस्तै प्रदेश सभा सदस्या क्षेत्र नं २ का उम्मेदवार करवीर शाहीको समुहमा नेकपा एमालेका कृष्ण विसी, नेकपा (माओवादी कन्द्र)का नरवहादुर कार्की, यज्ञवहादुर खत्री लगाएतका जिल्ला स्तरिय नेताहरु सहभागी हुनुभएको छ ।
जिल्ला सदरमुकामको नेतृत्व संयूक्त वामगठवन्धको जिल्ला कार्यालयमा माओवादी केन्द्रका स्थायी समिति सदस्या कालीवहादुर मल्लले गर्नुभएको छ । गाउँ गाउँमा एमाले र माओवादीका संयूक्त प्रचारप्रसार समुह गठन भएका छन् । एक गाउँ २ सय प्रचार प्रचार प्रसार समिति गठन गरिएको छ । गृहन्त्री भईसकेका शक्तिवहादुर वस्नेतलाई अव प्रधानमन्त्री भएको देख्न पाउँ भन्दै एमाले र माओवादी समर्थक जनताले दैनिक नारावाजी गरिरहेका छन् । सधै सादा पोशाक र तडकभडक नगर्ने वस्नेतलाई गाउँ गाउँमा जनताले भव्य स्वागत गर्ने गरेका छन् ।
उत्ता नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजिव विक्रम शाहलाई को प्रचारप्रसार पनि तिव्र पारिएको छ । पुर्खेउली घर जाजरकोट भएपनि हाल काठमाण्डौँ थापाथलीमा वस्दै आएका राजखानदानका शाह राम्रो संग नेपाली भाषामा भाषण गर्न जान्दैनन् । शक्तिवहादुर वस्नेत जाजरकोटको कालेगाउँमा दाईको घरमा वस्छन् । उहाँको आफ्नै घर छैन ।





error: Content is protected !!