डोल्पामा एमाले र माओबादी केन्द्र बिच कुटाकुट,युवा संघका अध्यक्ष शाही गम्भिर घाईते,बेहोस अवस्थामै उपचारको लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

दुनै(डोल्पा) १९ कार्तिक
डोल्पामा केन्द्रमा भएको चुनावी तालमेल प्रति असन्तुष्टि जनाउ“दै एमाले र माओबादी केन्द्रका कार्यकर्ता बिच कुटाकुट भएको छ ।

चुनाव प्रचार प्रचारको क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकता र माओबादी केन्द्रका स्थानीय कायकर्ता बिच कुटाकुट भएपछि मुड्केचुला गा“उपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भिर घाईते हुनुभएको छ ।

माओवादीका स्थानीय कार्यकर्ताहरुले शाही माथि चिर्पट दाउराले प्रहार गरि घाईते बनाएको प्रहरीले जनाएको छ ।
अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाही माथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ ।

चिर्पट दाउरा प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रचार टोली गा“उमा पुगिसकेपछि शाही माथि आक्रमण भएको एमालेले जनाएको छ ।

कुटपिट पछि गम्भिर घाईते भएका शाहीको प्रारम्भिक उपचार कालिका पmेमली अस्पतालमा गर्दा पनि होस नखुलेपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको बताईएको छ ।

कुटाकुट राजनितिक कारणले नभएर घरायसि भएको बुझिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!