लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्यू प्रकरणमा पक्राउ परेकाहरु यसरी परे थुनामा

विर्तामोड । लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्यू प्रकरणमा पक्राउ गरेका तिन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विष्णु केसीले दिएको जानकारीका अनुसार झापा जिल्ला अदालतले शुक्रवार पुर्पक्षका लागि थुनामा पठाएको हो । पीडित परिवारको तर्फवाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष,सुधिर र समिर पोखरेललाई थुनामा पठाइएको हो ।

असोज १४ गते मृत अवस्थामा फेला परेका ११ वर्षीय शिवाकोटीको हत्या गरिएको पीडित परिवारको आरोप छ । कर्तब्य ज्यान मुद्दामा उनीहरुलाई मुद्दा चलाइएको छ । अन्य पाँच जना फरार रहेको प्रहरीको भनाइ छ ।





error: Content is protected !!