बिप्लवका केन्द्रीय सल्लाहकार माओवादी केन्द्रमा प्रवेश

महोत्तरी, १९ कार्तिक । नेत्र बिक्रम चन्द’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार संयोजक सहितका नेता तथा कार्यकर्ता मुल घर माओवादी केन्द्र मै फर्किएका छन्।
वाम गठबन्धनका तर्फबाट महोत्तरी क्षेत्र नं. १ का प्रत्यक्षतर्फका उम्मेदवार एवं बिना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले नेकपाका केन्द्रीय सल्लाहकार संयोजक बलबहादुर बलम्पाकी सहितका नेता कार्यकर्तालाई फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चुनाव बहिष्कारमा लागिरहेको समयमा पार्टीका केन्द्रीय सल्लाहकार सहितको ठुलो समुह माओवादी केन्द्रमा प्रवेश गरेको हो।










