एभिएसन संग्रहालय विद्यार्थीका लागि खुला,अबलोकनमा नेपालिको लागि ३००,बिदेशिको लागि ६०० शुल्क।

काठमाण्डौँ, १९ कार्तिक । सिनामंगलमा निर्मित दोस्रो एभिएसन संग्रहालय औपचारिक रुपमा उद्घाटन नगरिएपनि आजदेखि विद्यार्थीका लागि खुला भएको छ ।

ट्रष्टले अबको एक दशकभित्र विश्वमा चार लाख ५० हजार हवाई टेक्निसियन र तीन लाख ५० हजार भन्दा बढी पाइलटको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा एभिएसन संग्रहालय सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीबाहेक अन्यका लागि भने संग्रहालय अवलोकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएपछि खुला गरिनेछ ।  अन्तर्राष्ट्रिय एटीआर विमान प्रशिक्षक तथा विमान चालक क्याप्टेन उप्रेतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्दा दुर्घटना भएको टर्किस एयरको ३३०–३०० को जहाज खरिद गरेर संग्रहालय निर्माण गर्नुभएको हो । संग्रहालय निर्माण भएको नयाँ एयर बसको मूल्य २६ अर्ब रुपैयाँभन्दा बढी पर्छ । संग्रहालय निर्माण भएको एयरबसको क्षमता चार सय ४४ यात्रुको हो ।

प्रत्येक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने संग्रहालय अवलोकनका लागि नेपालीलाई ३०० र विदेशीलाई ६०० रुपैयाँ शुल्क तोकिएको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्क र विद्यार्थी परिचयपत्र हुने अन्यलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने ट्रष्टले जनाएको छ । हाल एक महिनासम्म विद्यार्थीलाई रु १२५ मा प्रवेश दिइने छ ।





error: Content is protected !!