सल्यानका एक ब्यक्ती भेरी नदिमा पौडी खेल्दा बेपत्ता ।

इन्द्र ब बुढाथोकी
१७ कार्तिक सल्यान ।
सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा न २ भर्सिलका एक व्यक्ति भेरी नदिमा बेपत्ता भएका छन ।
बेपत्ता हुनेमा अन्दाजी ४७ वर्षका देब ब राना रहेका छ्न । हिजो बिहान घरबाट सामान लिना भनेर सुर्खेतको तार्कुलामा गएका थिए । सामान लिएर घर फर्किदै गर्दा भेरी नदिमा पौडी खेल्दा बिहिवार साझ ६ बजेको समयमा बेपत्ता भएको बेपत्ता छोरा गोविन्द रानाले जानकारी दिएका छ्न । बेपत्ता रानाको अहिले ईलाका प्रहरी कार्यालय देवस्थल र स्थानीय बासिले खोजी कार्य जारी राखेका छन।





error: Content is protected !!