एमालेका नेताले माओवादीलाई भोट मागेपछि

जाजरकोट , नेकपा एमालेका पुर्व संसद रिता रावलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई जिताउन भोट माग्नुभयो ।
माओवादीका नेता तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत ले एमालेका करवीर शाही लाई जिताउनका लागि एमालेलाई भोट हाल्न आग्रह गर्नुभयो । दुवै दलका नेताले यसरी भोट हाल्न आग्रह गरिरहदा स्थानीयवासीहरु खुसीले गद गद भएका थिए । नेताहरु मञ्चमा वाम एकताको भाषन दिदै गर्दा स्थानीयहरु भने स्थायी सरकार हुँने भयो भनेर खुसी साट्दै गरेको देखिन्थ्यो ।

हिजोका दिन सम्म गाली गरेर कहिले नथाक्ने नेताहरु एकाएक वखान सुनेपछि स्थानीयहरु खुसी नहुँने कुरै थिएन । एउटै मञ्च वाट यसरी खुसी हुँदै गरिएको आग्रह कुनै वनावटी थिएन , साचिक्कै गम्भिर र भावुक पनि थियो । नेताहरु भाषन गरेर हाम्रो भोट दोव्वर भएकाले जीत निश्चित भएको भन्दै समर्थक जनतालाई विश्वस्त पादै थिए । यो महोल देख्दा साचिकै नयाँ आशाको किरण देखिएको थियो ।





error: Content is protected !!