जाजरकोटवाट प्रदेश सभामा प्रतिष्पर्धा गर्ने उम्मेदवारहरुको परिचय

१. गणेशप्रसाद सिंह — वाम गठवन्धन नेकपा माओवादी केन्द्र क्षेत्र नम्वर १
प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका साझा उम्मेदवारको रुपमा रहेका गणेसप्रसाद सिंह माओवादी पार्टी भित्र अवसर नपाउने नेता मध्य पर्छन् । यस पटकको चुनावमा पार्टीको तर्फवाट सर्वसम्मत उम्मेदवार भएपनि पछिल्लो पटक एमालेले अघि सारेर निरज आचार्यलाइ व्याक गरेर वाम गठवन्धनको सहमतिमा अघि सारिएका ५६ वर्षिय सिंह शिक्षण पेसा छोडेर माओवादी पार्टीको राजनीतीमा आएका हुन् । शिक्षक भइरहेकै वेला २०४७ सालमा मोटो मसालको पार्टी सदस्यता लिएर राजनीतीमा लागेका उनले २०४० देखि २०५३ सम्म शिक्षण पेसामा रहेर काम गरेका थिए । २०५३ देखि माओवादी पार्टीको पुर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा लागेका सिंह पार्टीको जिल्ला कमिटि सदस्य हुदै २०६४ मा जिल्ला सके्रटरी र २०६६मा पार्टीको जिल्ला इन्चार्ज भए । अहिले प्रविणता प्रमाण पत्र सम्मको अध्ययन गरेका सिंह अहिले माअ‍ोवादी केन्द्रको पोलिट व्युरो सदस्य, स्थानीय नलसिंहगाड वहुमुखी क्याम्पस सन्चालक समितिको अध्यक्ष र नलसिंहगाड जलविद्युत आयोजना निर्माणका लागि दवाव दिन स्थानीय स्तरमा गठित सरोकार समितिको अध्यक्ष पनि रहेका छन् । जाजरकोट जिल्लाको गरिवी र युवा माझ रहेको वेरोजगारी समस्यालाइ हल गर्नका लागि आफुले जनतासंग मत माग्ने सिंहलेवताए । धेरै सम्भावना भएर पनि जाजरकोट पछि परेको छ यहाँका जनता विपन्न छन् उनीहरुको लागि केहि गर्ने सोच वनाएर म चुनावी मैदानमा छु उनले भने ।

वेदराज सिंह —नेपाली काँग्रेस , क्षेत्र नम्वर १
प्रदेश सभाको लागि जाजरकोट निर्वाचन क्षेत्र नम्वर १ वाट चुनावी प्रतिष्पर्धामा रहेका ३७ वर्षीय वेदराज सिंह जाजरकोटको राजनीतिमा लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । नेपाली काँग्रेसमा मात्र नभइ अन्य दलका युवाहरुका माझ पनि लोकप्रियता हासील गरेका सिंह आकर्षक र प्रभावशाली व्यक्तित्व भएका नेता मध्य पर्छन् । स्नातक तह सम्मको शिक्षा हासिल गरेका सिंह सानै उमेरमा नेपाल विद्यार्थी संघ मार्फत राजनीतीमा लागेका हुन् ।२०५५ मा नेपाल विद्यार्थी संघ जाजरकोटको क्षेत्रिय अध्यक्ष र२०५६मा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रत्यक्ष होमिएका सिंहले अहिले सम्म कुनै लाभको पद धारण गरेका छ्रैनन् ।नेपाली काँग्रेस जाजरकोटको सहसचिव, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुदै १३ औं महाधिवेवनमा जिल्ला सभापतिमा प्रतिष्पर्धा गरेर वर्तमान सभापति दिपकजंग शाहसंग पराजित भएका सिंह यस पटकको प्रदेश सभाको निर्वाचनमा काँग्रेसको तर्फवाट सर्वसम्मत रुपमा छानिएका उम्मेदवार हुन् । आफुले चुनाव जिते वेरोजगारी र गरिवीको चपेटामा परेका जाजरकोटी युवाहरुको लागि ठोस कार्य गर्ने र जिल्लाको विकास गतिविधिमा नयाँ अभियानको थालनी गर्ने उनको सोच रहेको छ । जाजरकोट कसरी पछाडि परेको हो सवै कुरा आफुलाइ थाहा भएको भन्दै सिंहले समृद्ध जाजरकोट निर्माणका लागि आफुले विशेष अभियान चलाउने वताए ।

१. दिपकजंग शाह —नेपाली काँग्रेस, क्षेत्र नम्वर २
नेपाली काँग्रेसको तर्फवाट सर्वसम्मत रुपमा उम्मेदवार वनेका दिपकजंग शाह चुनावी प्रतिष्पर्धामा रहेका मध्य सवै भन्दा पाको नेतामा पर्छन् । संसदीय निर्वाचनमा सवै भन्दा वढी पटक चुनाव लडेका शाह २०५१ सालमा नेपाली काँग्रेसको तर्फवाट प्रतिनिधि सभामा निर्वाचित साँसद र हाल दोस्रो कार्यकालका लागि काँग्रेस जाजरकोटको सभापति पनि हुन् । पन्चायत कालमै नेपाली काँग्रेसको भुमिगत राजनीती सुरु गरेका ६२ वर्षीय शाह काँग्रेस जाजरकोटको सँस्थापक पनि हुन् । २०३४ सालमा काँग्रेस जाजरकोटको सचिव भएका शाह २०४८ को आम निर्वाचनमा क्षेत्र नम्वर २ वाट एमालेका कृष्णवहादुर शाहीसंग पराजित भएका थिए । २०५१को मध्यावधि निर्वाचनमा सोहि क्षेत्रवाट निर्वाचित भएका शाह २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र नम्वर १वाट पराजित भएका थिए । काँग्रेसको १२ र १३ औं महाधिवेसनमा दुवै पटक जिल्ला सभापतिमा निर्वाचित शाह हाल दुर्गम क्षेत्र विकास समितिको उपाध्यक्ष छन् । आइए सम्मको शिक्षा हासिल गरेका शाह जिल्लाका निडर नेता मध्य पर्छन् । प्रदेश सभाको निर्वाचनमा आफु नेपाली काँग्रेसले अव सुरु गर्न लागेको आर्थिक सम्वृद्धिको अभियान सफल पार्ने गरि जाजरकोटी जनताको गरिवी र वेरोजगारीको समस्या समाधानको नारा लिएर जनता माझ जान लागेको वताए ।जनताले अव राजनैतिक लडाइ भन्दा आर्थिक सम्वृद्धिको चहाना गरेका छन् त्यसका लागि जनतालाइ साथ दिन आफुले उम्मेदवारी दिएको उनले वताए ।
२. करवीर शाही —वाम गठन्धन नेकपा एमाले क्षेत्र नम्वर २
वाम गठवनधनको तर्फवाट प्रदेश सभाको लागि क्षेत्र नम्वर २मा साझा उम्मेदवार रहेका शाही एमालेको प्रभावशाली नेता मध्य पर्छन् । शिक्षण पेसा छोडेर राजनीतीमा आएका शाहीले २०४७मा नेकपा मालेको पार्टी सदस्यता लिएर कम्युनिष्ट राजनीति सुरु गरेका हुन् । २०४६ देखि २०५० सम्म शिक्षण गरेका शाही २०५१ मा नेकपा एमालेको जिल्ला कमिटि सदस्य भएर प्रत्यक्ष राजनीतीमा सक्रिय भएका हुन् । आइए सम्मको शिक्षा हासिल गरेका ४६ वर्षीय शाही नेकपा एमालेका जुझारु युवा नेता मध्य पर्छन् । २०५५ मा भएको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका शाही २०६३मा एमाले जाजरकोटको उपसचिव र २०७१मा सम्पन्न जिल्ला अधिवेसनवाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। देशको सम्वृद्धि र राजनैतिक स्थायित्वका लागि भएको वाम गठवन्धनलाइ सफल पार्न आफनो उम्मेदवारी रहेको उनको भनाइ छ । राजनैतिक आर्थिक र सामाजिक हिसावले पछि परेको जाजरकोटी जनताको उत्थानको लागि आफनो उम्मेदवारी रहेको शाहीको भनाइ छ । जनताले चाहेको स्थायित्व र सम्वृद्धि वामगठवन्धनले जिते मात्र सम्भव भएको उनको दावी छ ।
फोटोहरु — वेदराज सिंह नेपाली काँग्रेस क्षेत्र नम्वर १, गणेसप्रसाद सिंह वाम गठवन्धन माओवादी केन्द्र क्षेत्र नम्वर १ , दिपकजंग शाह नेपाली काँग्रेस क्षेत्र नम्वर २, करवीर शाही वाम गठवन्धन नेकपा एमाले क्षेत्र नम्वर २ ।





error: Content is protected !!