सामाजिक न्याय सहितको सम्वृद्धी अहिलेको आवश्यकता — पुर्व गृहमन्त्री वस्नेत

जाजरकोट  ः एक्काशौ शताव्दीको आवश्यकता लाई पुरा गर्नका लागि प्रतिफल सहितको विकास चाहिएको नेकपा (माओवादी केन्द्र)का नेता तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताएका छन् ।

जाजरकोट सदरमुकाममा भएको चुनानी प्रशिक्षणलाई सम्वोधन गदैँ उहाँले यस्तो वताउनुभएको हो । स्रोत र साधनको न्ययोचित वितरण भएमा मात्र साँचिकै विकास र सम्वृद्धी ल्याउन सकिने उहाँको दावी छ । समयमको माग र आवश्यकताले गर्दा सवै खालका कम्यूनिस्ट एक हुनुपरेको वस्नेतको जिकिर छ । दुवै दलले अघि सारेका एजेण्डाहरु पुराना भएकाले नयाँ तरिकाले सोच्न वाध्य भएपछि मात्र समाजवादको मुख्य नारा दुवै दलको साझा एजेण्डा वन्न गएको उहाँको विशेष खुलासा गर्नुभयो ।

दुवै दलका नेताहरुले परिस्थीतको माग ,अवस्था वुझदा अहिलेको अवस्था आएको उहाँको भनाई छ । निकट भविश्यमा वन्दै गरेको वामपन्थी सरकारलाई सवैका ईच्छा पुरा गर्ने भएकाले सवै नेता तथा कार्यक्रतालाई उत्सहित भई वलियो दल निर्माण गर्ने अभियानमा जुट्न उहाँले आग्रह गनुभयो ।





error: Content is protected !!