वडा सद्स्य रुपाको नेतृत्वमा ध्यारगाउँमा जाड रक्सी प्रतिबन्ध,सभ्य वडा निर्माणमा जुटे महिलाहरु।

जाजरकोट ।त्रिबेणी नलगाड नगरपालिका वडा न:१०कि वडा सद्स्य रुपा ध्यार सहित त्यहाको आमा समुहले वडा न:१०को ध्यारगाउमा जाड रक्सी प्रतिबन्ध गरेको छ।
वडा न १०कि वडा सदस्य तथा गाउँका सकृय महिलाहरु आमा समूह द्वारा जाड रक्सी प्रती बन्ध गरिएको वडा सद्स्य रुपा ध्यारले जानकारी दिएकी छिन। गाउँमा जथाभाबी जाड रक्सी सेवन गर्दा गाउँ बिकृती फैलने सक्ने भएकाले प्रतिबन्ध लगाइएको छ।

सभ्य सुन्दर वडा निर्माणका लागि जनप्रतिनिधिहरुले आ आफ्नो ठाउँमा भएका बिकृतीलाई हटाइ सुदृढ वडा निर्माणमा लाग्नु पर्ने समेत वडा सदस्य ध्यारले बताइन।र गाउँमा बिशेष गरि बिबाह,चाड पर्बका बेला धेरै जाड रक्सी सेवन हुनाले झै झगडा तथा अन्य समाज बिकृतीका क्रियाकलाप हुने भएकाले जाड रक्सी प्रती बन्ध गरिएको समेत ध्यारले बताइन।
त्यस्तै वडा न :१०कै रावतगाउ,रग्दामा पनि जनप्रतिनिधि कै नेतृत्वमा जाड रक्सी प्रती बन्ध गरि सभ्य वडा बनाउनु पर्ने त्यहाका जनप्रतिनिधिको जोड रहेको छ।ध्यारगाउमा जाड रक्सी प्रतिबन्ध गरेपछी अहिले गाउँ नै सभ्य बनेको छ।साथै गाउमा जाड रक्सी सेवन गर्ने तथा जाड रक्सी बनाउने लाई कारबाही सहित जरिवाना तोकिएको छ।नगर मै बिशेष सभ्य वडा निर्माणमा आफू हरु जुटेको वडा सदस्य ध्यारले बताइन।





error: Content is protected !!