जाजरकोट विद्यालय सरसफाईमा खानेपानिको चुनौति

जाजरकोट , यहाँका १ सय ६६ विद्यालयमा सरसफाई कार्यक्रम लागु संगै विद्यार्थीहरुको वाँनी , व्यवहारमा परिवर्तन आएको छ ।
जिल्लाका नलगाड नगरपालिका ५४ वटा प्रावि , वारेकोट गाउँपालिका का २९ वटा, कुशेगाउँ पालिकाका ३३ वटा , जुनी चाँदे गाउँपालिका ४१ वटा र छेडागाड नगरपालिकाका ९ वटा प्रावि मा सरसफाई कार्यक्रम लागु गरिएको थियो । सन् २०१६ मे देखि लागु भएको यो कार्यक्रमले विद्यालय सरसफाईमा निकै सहयोग पुर्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो । विद्यालयमा खानेपानिको अभावमा प्रभावकारी तरिकाले सरसफाई गर्न नसकेको समेत जिल्ला सरसफाई अधिकृत शान्तवहादुर वुढाले वताउनुभयो । विद्यालयमा सरसफाई र विद्यार्थी सरसफाईका लागि अभिवावक ,विद्यालय व्यवस्थापन समिति सक्रिय भए संगै केही परिवर्तनका लक्षण देखिएको वुढाले वताउनुभयो ।
खोपानिको अभावमा दैनिक सरसफाई गर्न निकै चुनौति भएको सरोकारवालको भनाई छ ।
विद्यालयमा अहिले सावुन ,पानि , लगाएतका वस्तुहरु प्रयोगमा वृद्धी भएको पाईएको छ । एकिकृत विकास समाज विद्यालय सरसफाई कार्यक्रम आयोजना र विश्व खाद्य कार्यक्रमको सहयोगमा यो कार्यक्रम भएको थियो ।










