देश परिवर्तन र समृदिको लागि अहिले बामतालमेल जितकोआबश्यकता-राम माया हमाल।

राम माया हमाल जाजरकोट ।
दश बर्सिय जनयुद्द १९ दिने जनआन्दोलन मधेश आन्दोलनले नेपालको ईतिहास मै
उथलपुथल कारी परिवर्तन गरेको कुरा हाम्रा सामु जग जाहेर छ ।विशेष त जनयुद्दमा आम जनताले गरेको त्याग तपस्या र बलिदानी ले नै आज हाम्रो मुलुक यो अबस्थामा आइपुगेको छ ।लडाइँ को उपलब्धि सामन्ती राजतन्त्रको अनत्य संगै देस गणतन्त्रमा प्रबेश गरेको छ ।जनताले संविधान सभा चुनाब मार्फत संविधान प्राप्त गरेका छ्न स्थानिय तहको चुनाब सम्पन्न भएर जनताले प्रत्यक्ष आफ्ना प्रतिनिधि चुनेका छ्न ।
देश आर्थिक बिकास र समृद्धि को मार्गमा हिडि सकेको छ।अब तत्काल संघ र प्रदेशको चुनाब हुदैछ चुनाब सम्पन भय पश्चात् जनताले पुर्ण रुपमा आफ्ना प्रतिनिधि प्राप्त गर्ने छ्न र संविधान कार्यन्वयन को प्रक्रियाले गति लिने छ ।तर हामी सबैले यो कुरा ध्यान दिनै पर्छ कि नयाँ संविधान गणतन्त्र समानुपातिक समाबेशी धर्म निरपेक्ष ,दलित ,जनजातीआदिबासी,पिछडिएका बर्ग ,महिला अधिकार लागि लडने माओवादी अबको इतिहासमा पनि माओवादी नै रहने छ।
यी सबै बिषय प्राप्तिको लागि नै माओबादी को लडाइ थियो ।लामो संघर्ष पछि सफलता मिलेको हो तर वास्तविक रुपमा कार्यन्वयमा अझै जटिलताको पक्ष बन्दै गएको छ।
यहि अबस्था लाई मध्यनजर गरेर होला, प्रगतिशील तथा बामपन्थी शक्तिहरुको एकता र सहकार्यको राजनिती सुरु भयको छ ।बाम एकता को बहस सुरु भयको छ ।संघ र प्रदेश को चुनाब मा बाम तालमेल भयको छ यो निकै खुसी र सुखद पाटो हो ।कम्युनिस्ट को झन्डा बोकेर चार दिशा छरीयर बस्नु, टुटफुटको राजनिती गर्नु असङ्गठित हुनु कम्युनिस्ट हरु स्वयम् आफैलाइ घाटा हो यहि अबस्था भित्र खेलेर बिरोधि हरुले “फुटाउ र राज गर “को नारा लाई उपयोग गरि नै रहे ।अब हामी सबै बाम शक्तिहरुले गहिरियर सोच्नै पर्छ एकता नै ठूलो बल हो हाम्रो मजबुद एकता बाट नै हामी हाम्रो लक्ष्य उदेश्य चुम्न सक्छौ ।
यस बिषयमा बाम नेता हरुको सैद्धान्तिक तथा नितिगत सवालमा मजबुद एकता होस र आम कार्यकर्ता लाई कम्युनिस्ट को एउटै मार्गमा लामबद्द बनाउने अभियान जारी रहोस ।कम्युनिस्ट को अबिस्ट लक्ष्य एउटै हो ।ढिला चाडो पुग्ने हामी एउटै ठाउँ हो भने किन र केका लागि हामि भिन्न भिन्नै मार्ग मा दौडिने ?? अब हामी ढिला नगरेर हाम्रा सोच चिन्तन बिचार शैली लाई परिवर्तन गरौ।दुनियाँ बदल्ने सोच भएका मान्छे हो हामी कम्युनिस्ट बिचार ले लैस मान्छे हो हामी, त्यसैले हामी सबै बामहरु एकताबद्द भयर जाने भै सक्यो हामिले यो चुनाब मा भारी बहुमत प्राप्त गर्नु हाम्रा साझा उम्मेदवार लाई बिजय गराउनु पर्छ ।
हामिले यस्तो नेता छान्नु पर्छ कि जसले आम जनता को समस्या लिपिबद्द गरेर राज्य संग टेबल ठठायर सबैलाइ अधिकार दिलाओस आर्थिक समृदि र बिकास को लागि लडोस हामिले छान्ने नेताले केन्द्रीय राजनिती संग पहुच राखोस , नीति निर्माण तहमा पुगेर आम जननताको पक्ष मा काम गरोस ।त्यसैले हामि सबै बाम तथा परीवर्तन चाहने सचेत नागरिक ले शक्तिसाली बाम नेताहरुलाइ सहयोग गर्न जरुरि छ ।बिरोधीहरुले कम्युनिस्ट शासन तानाशाही हुन्छ निरंकुश हुन्छ भन्दै झुट्टा प्रचार बढाइरहेका छ्न विभिन्न भ्रम प्रचार गरीरहेका छन ।हल्ला गर्ने हरु जे सुकै गरून् तर हामी सबै लाल झन्डा लाई आत्मसाथ गर्दै क्रान्तिकारी सैद्धान्तिक आधार सहित सबै बाम साथिहरु बिजयको सिखर चुम्न अघि बढौ।जित जनता कै हुनेछ ।
बाम एकता जिन्दाबाद!










