सडक मर्मत नहुँदा टावर निर्माणमा ढिलाई

जाजरकोट ः यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा ८ मा निर्माण हुँन गएको टेलिफोन टावर निर्माणमा समस्या भएको छ ।
वडा ८ का वडा अध्यक्ष गोविन्द शाही र सदस्याहरुको विचमा विवाद भएपछि सडक मर्मत हुँन नसकेको हो ।
सडक मर्मत नहुँदा सम्म टावरका सामग्रीहरु लिन समस्या हुँने भन्दै टावर निर्माणमा ढिला सुस्ती गरिएको हो । तिहार लगत्तै टावरका सामग्री जोड्ने काम सुरु गर्ने भनिएपनि अहिले सम्म सुरु हुँन सकेको छैन् । त्रिवेणी नलगाड नगरपालिकाले वडा नं ८ मा रहेको कार्यखेत देखि जिकुवा मावि सम्मको सडक मर्मतका लागि रु ७ लाख रकम छुट्याएको थियो । तर सो रकम सडक मर्मत भन्दा पनि कार्यखेतवरीपरी देवाल लगाएर सकाउने योजना वडा अध्यक्षले वनाएपछि सडक मर्मतमा विवाद भएको हो ।
सडक मर्मत भएपनि मात्र टावरका सामग्री लिन सकिने टेलिकमले वताउने यत्ता वडा अध्यक्षले मर्मतका लागि वजेट अन्यत्र हाल्न खोज्ने समस्याले टावर मर्मतमा समस्या भएको छ ।










