रोजगारी सिर्जना गर्ने नेतृत्व यूवाको रोजाईमा

जाजरकोट , १२ कार्तिक (रासस) ः यहाँका गाउँ गाउँमा चुनावी गतिविधी वढेसंगै रोजगारी सिर्जना गर्ने नेतृत्व माग वढ्न थालेको छ । जिल्लाका अधिकांश चुनावी सभामा यूवाहरु रोजगारीको आशाले प्रचारमा लागेको वताउन थालेका छन् ।
नेतृत्व सहि र सफल भए मात्र रोजगारी पाउँने आशा पुरा हुँने यूवाहरुको भनाई छ । राजनीतिक उपलव्धी हार्सिल भईसकेकोले अव आर्थिक उपार्जन संगै रोजागारी चाहिएको यूवाहरुको भनाई छ । नेताका भाषण भन्दा पनि आर्थिक सम्वृद्धी सहितको नयाँ खाका चाहिएको त्रिवेणी नलगाड नगरपालिका ८ का सन्जय केसीले वताउनुभयो । देशले अहिले सम्म सम्म धेरै दुख पाईसकेको भन्दै उद्यारो कुरा गरेर नयाँ नेपाल वन्न नसक्ने तर्क केसीको छ । उम्मेदवारको प्रचार प्रसारमा हिडेका सवै यूवाहरु रोजगारी पाउँनकै लागि चुनावी अभियानमा लागेको वताउँछन् ।
जाजरकोट जस्तो पछाडी परेको र पारिएको जिल्लालाई राष्ट्रिय मुल धारमा ल्याउन नयाँ चुनिने उम्मेदवारको मुख्य कार्यभार भएकाले सक्षम नेतृत्व ल्याउन यूवाहरुको आवह्वान रहेको छ । त्रिवेणी नलगाड नगरपालिका ८ का सहिद विनोद विकका वावा प्रेम विकले आँसु चुहाउँदै भन्नुभयो “ मेरो छोराले खाउ,खाउ , लाउ ,लाउँ भन्ने उमेरमा वगाएको रगतले सहि रुपमा मुल्याकंन होस , म अहिले ६९ वर्षको भए मेरो त्यहि ईच्छा हो ” ।
वाम गठवन्ध जाजरकोट क्षेत्र १ वाट प्रदेश सभाका उम्मेदवार गणेशप्रसाद सिंहको प्रचारमा लागेका हिग्मत सिंहको भनाई छ “ अव हामीलाई रोजगारी चाहिएको छ , योग्यता भएपनि प्रमाणपत्र वाकसमा थन्किएका छन् ति प्रमाणपत्रको काम अव वन्ने प्रदेश संसदले पुरा गर्नुपर्छ ” । अधिकांश यूवाहरुको भनाई सुन्दा रोजागार र आर्थिक सम्वृद्धी सहितको विकास मात्र वढी माग रहेको स्वायम उम्मेदवार सिंहको भनाई छ ।
त्यस्तै पुर्व गृहमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली यूवा नेता जाजरकोटवाट प्रदेश सभाका उम्मेदवार शक्तिवहादुर वस्नेत संग यूवाहरुको एउटै माग राख्ने गरेका छन् हामीलाई रोजगारी चाहियो । वढ्दो वेरोजगारीको चापकै कारण जिल्लाका माग गरिएको कोठा भन्दा तेव्वर वढी म्यादी प्रहरी वन्न यूवाहरु आएको जिल्ला प्रहरी कार्यालयमा दत्र्ता भएको नामावली वाट वुझिन्छ ।
त्यस्तै नेपाली कांग्रेसवाट प्रदेश सभा सदस्या का लागि जाजरकोट क्षेत्र १ वाट उम्मेदवार वनेका वेदराज सिंह संग पनि रोजगारीकै कुरा यूवाहरुले राख्ने गरेको सुनाउनुहुन्छ । केन्दिय राज्य सत्ता संग पहुँच हुँने नेता लाई नै यहाँका यूवाहरुले वढी रुचाएको वताउँछन् । निस्पक्ष क्षवि र केन्द्रिय राजनीति संग सम्वन्ध भएको नेताको पछाडी यूवाहरुको जनलहर देखिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष वीरवहादुर गिरी भन्नुहुन्छ “ यतिवेला आफुनो दल भन्दा पनि राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने नेतृत्वलाई जिताउन जरुरी रहेको छ , जसले जिल्लाको संमग्र विकासका लागि ध्यान पहुँच राख्छ” ।
हेमन्त के सी ———










