निर्वाचनको मुखैमा सरकारबाट बाहिरिदा माओवादी सचेत हुनुपर्छः पुर्व गृहमन्त्री बस्नेत

जाजरकोट – निर्वाचनको मुखैमा आएर सरकारबाट माओवादी बाहिरिदा सचेत हुनुपर्ने पुर्व गृहमन्त्री बस्नेतले बताएका छन् । विश्वकै पुरानो रेडियो स्टेशन बीबीसी नेपाली सेवाको साँझ पखको नेपाल सन्दर्भमा पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले यस्तो बताएका हुन् ।

असोजको दोस्रो साता नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० ले चुनावी तालमेल गरेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई आफ्नो सरकारमा नराख्ने मनसाय बनाउँदै आएका थिए । फलस्वरुप हिजो ९मंगलबार० प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका ८ मन्त्री र ८ राज्यमन्त्री गरी १६ जना मन्त्रीलाई विना विभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

उक्त विषयलाई लिएर बीबीसीले पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई अन्तरवार्ता लिएको छ । अन्तरवार्तामा माओवादीका मन्त्रीहरु विना विभागीय सरकारमा रहिरहन कतिसम्म उपयुक्त होला रु भन्ने, प्रश्नमा पुर्वगृहमन्त्री बस्नेतले भने, आगामी मंसिरसम्म विना विभागीय भएपनि माओवादीका मन्त्रीहरु सरकारमै बस्नुपर्छ । र, आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अवस्था र परिस्थिति जस्तोसुकै बनाईन सक्छ । त्यसका लागि भएपनि निर्वाचनलाई खलल पुर्याउन नदिन माओवादीका मन्त्री विना विभागीय भएपनि सरकारमै बस्नुपर्ने बताएका छन् ।

त्यसैगरी उनले अन्तरर्वातमा घुमाउरो शैलीर्मा भने निर्वाचनको मुखैमा सरकारबाट बाहिरिदा माओवादी अलि सचेत र गम्भीर हुनुपर्ने कुरा आफ्नो पार्टी र मन्त्रीहरुलाई आग्रह गरेका छन् । चुनावी प्रयोजनका लागि बनेको र टिकेको सरकार भएकाले निर्वाचन माथि आशंका गर्नुपर्ने थुप्रै कारण भएकोले पुर्वगृहमन्त्री बस्नेतले आफ्ना मन्त्रीलाई यस्तो आग्रह गरेका हुन् ।

यदि पदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मिति पछाडी सारे यात विभिन्न देशी, विदेशी शक्तिले चुनावको मावलै खलल पुर्याए नेपाली जनताले माओवादीलाई दोष थोपार्ने भएकोले पुर्वगृहमन्त्री बस्नेतले आफ्ना विना विभागीय मन्त्रीलाई यस्तो आग्रह गरेको हुनुपर्छ ।





error: Content is protected !!