जहाँ भैली ,देउसी खेल्न पाईदैँन

हेमन्त के सी 
जाजरकोट  ः जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम वढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिकाको वडा नं ४ लैखममा सुनसान देखिएको हो ।
लैखम नजिकैका गाउँमा तिहारको दैसी ,भैली खेल्ने यूवा,यूवतीको दर्जनौ समुह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वषौदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक गाई तिहारका दिन देखि महिना दिन सम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समुह आउँन पाउँदैन्न । अन्य भैली खेल्ने टिम आएमा महादेवको भैलोले असर गर्ने भएकाले यस लैखम गाउँमा भैली ,देउसी खेल्ने यूवा यूवतीहरु आउन नपाउँने विगत देखिको सामाजिक परम्परा नै रहेको लैखमका जयवहादुर खत्रीले वताउनुभयो । महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समुह वनाएर एक महिना सम्म खेल्ने र अन्त्यमा भैलो अन्त्य वा मार्ने गरिन्छ । भैलो मार्दा वेहुला , वेहुला वनाई कृतिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्ने जिल्लाका अधिकांश गाउँवाट लैखममा दर्शकहरु पुग्ने गर्दछन् ।
लैखममका प्रत्येक घरवाट भैलो मनाउनका लागि रकम र चामल संकलन गरिन्छ । वाटोमा हिड्ने यात्रुहरुवाट पनि रकम उठाउने गरिन्छ । यात्रुले भैलोलाई पैसा दिए वाफत घरेलु अन्नवाट वनेको विशेष मिठाई दिने चलन समेत रहेको छ । लैखममा अहिले सम्म दलित वस्ती वस्न सकेको छैन । दलितले यो गाउँमा वस्न वितिकै अनिष्ट हुँने विश्वासका कारण वस्न नसकेको खत्रीको भनाई छ । गाउँमा रमाईलो लागि नभई देवतालाई खुसी वनाउन नभई महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ । यो मनाउन छाडेमा महादेवले हाँनी गर्ने भएपछि आफुहरु यस्तो कार्य गर्न वाध्य भएको स्थानीयवासीहरु वताउँनछन् ।





error: Content is protected !!