गिरिजाबाबु यसकारण भन्नुहुन्थ्यो, देउवालाई बिश्वाश गर्नेहरू सधै पछुताउनु पर्छ ।


देउवाले गर्नुभएको काम गिरिजाप्रसाद कोइरालाको त्यो निश्कर्षअनुसारकै हो । देउवालाई बिश्वास गर्दा २०५९ र ०६१ मा एमाले पछुतायो, अहिले माओवादी केन्द्र पछुताएको छ । देउवा पावरमा पुगे फेरि मुलुकलाई प्रतिगमन र अधिनायकवादतिर धकेल्छ भन्ने कोइरालाको निश्कर्ष देउवाको कामले सही सावित गरेको छ । देउवा मैले जे गर्दा पनि हुन्छ, सत्ता मेरो हातमा छ भन्ने अत्यन्तै डरलाग्दो भाइरसको शिकार हुनुभएको छ ।
गणेश बस्नेत
नेपाली कांग्रेसको तात्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक प्रसंगमा भन्नुभएको थियो, ‘शेरबहादुरलाई बिश्वाश गर्नेहरू सधै पछुताउनु पर्छ, उस्ले कहिल्यै पनि लोकतन्त्र र देशको हितमा काम गर्दै गर्दैन, लोकतन्त्र समाप्त पार्ने काम मात्रै गर्छ, त्यसैकारण म बाँचुञ्जेल शेरबहादुरलाई सभापति बनाउन सक्दिन ।’
भाउजु नोना कोइरालाको निधन भएपछि थलिएका तात्कालिन प्रधानमन्त्री कोइरालाले मृत्युको मुखमा पुगेको समाचार आउन थालेपछि बालुवाटारमै केही सिमित पत्रकार बोलाएर आफू स्वस्थ रहेको सन्देश दिने क्रममा देउवाबारे यस्तो टिप्पणी गर्नुभएको थियो । सन्त नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले देउवालाई बुझन नसक्दा आफूसँग केही खटपट भएको पनि कोइरालाले सुनाउनु भयो त्यसदिन ।
‘नोना भाउजु त जानुभयो, अव म पनि धेरै समय रहन्न होला’ भन्दै सवैलाई भावुक बनाएर आफ्नो अनौपचारिक कुरा थाल्नुभएका प्रधानमन्त्री कोइराला त्यसदिन निकै रहष्य खोल्नुभयो । देउवाबारेको रहष्य पनि यसैक्रममा उहाँको मुखारबृन्दबाट आएको थियो । कोइरालाले देउवाले जानाजान दरवारमा लगेर प्रजातन्त्र बुझाएको भनाई पनि उहाँको थियो ।
असोज १८ र माघ १९ देउवाको योजनाअनुसार नै भएकोले जनआन्दोलनमा लामो समयसम्म आफूले देउवासँग सहकार्य नगरेको तर एमालेको दवावमा अन्तिममा स्वीकार गरेको खुलासा पनि गर्नुभयो । कोइरालाले यो अनुभुति सुनाइरहँदा बालुवाटारमा यो पंक्तिकारसहित ६ जना युवा पत्रकारका साथमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र नेतृसमेत रहेकी छोरी सुजता कोइर साँछी हुनुहुन्थ्यो । मनको कुरा भन्छु भन्दै खुल्नुभएका कोइराला खोक्न थालेपछि सिटौला र सुजताले ‘अव भयो गिरिजाबाबु, स्वास्थ्यको पनि ख्याल गर्नाेस, कुराकानी त पछि पनि भइरहन्छ नि’ भन्दै बिट मार्नुभयो ।
२०४६ को परिवर्तनलाई देउवाले योजना बनाएरै दरवारमा बुझाउनु भयो भन्ने कोइरालाको बुझाइ थियो । देउवा पार्टीको नेतृत्वमा आयो र प्रधानमन्त्री भए २०६२/०६३ को परिवर्तनलाई पनि समाप्त पार्छ भन्ने आशंका थियो कोइरालामा । पार्टी एकीकरण गरी कांग्रेसमा देउवा भित्रिसक्नुभएको थियो त्यसबेला । असोज १८ र माघ १९ को मुल पात्र देउवा नै भएको तथ्यप्रति जानकार सवैले कोइरालाको त्यो कुरा रुचीपुर्वक सुने । तर किन यस्तो भन्नुभयो ? यस्तो मान्छेलाई किन फेरि पार्टीमा भित्र्याउनु भयो होला भन्ने प्रश्न मनमा रहिरह्यो । प्रधानमन्त्री देउवाले आज गर्नुभएको कामबाट कोइरालाको त्यो भनाई सत्य सावित गरिदियो । मनमा रहेको सवै आशंका पनि हट्यो ।
२०४६ को परिवर्तनलाई देउवाले योजना बनाएरै दरवारमा बुझाउनु भयो भन्ने कोइरालाको बुझाइ थियो । देउवा पार्टीको नेतृत्वमा आयो र प्रधानमन्त्री भए २०६२/०६३ को परिवर्तनलाई पनि समाप्त पार्छ भन्ने आशंका थियो कोइरालामा । पार्टी एकीकरण गरी कांग्रेसमा देउवा भित्रिसक्नुभएको थियो त्यसबेला । असोज १८ र माघ १९ को मुल पात्र देउवा नै भएको तथ्यप्रति जानकार सवैले कोइरालाको त्यो कुरा रुचीपुर्वक सुने । तर किन यस्तो भन्नुभयो ? यस्तो मान्छेलाई किन फेरि पार्टीमा भित्र्याउनु भयो होला भन्ने प्रश्न मनमा रहिरह्यो । प्रधानमन्त्री देउवाले आज गर्नुभएको कामबाट कोइरालाको त्यो भनाई सत्य सावित गरिदियो ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको सवै निति, सिद्धान्त र बिचारलाई त्यागेर अधिनायकवादतर्फको यात्रा तय गर्नुभयो । संबिधान र कानूनको धज्जी उडाउँदै चुनावको मुखमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूको जिम्मेवारी खोसेर बिना बिभागीय बनाउनु भयो । संसदको म्याद समाप्त भई निर्वाचन गराउने मुल जिम्मेवारीबाट च्यूत भई प्रधानमन्त्री देउवाले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेपछि मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
चुनाव सार्ने अन्तिम बिकल्पका रुपमा देउवाले यो कदम चाल्नुभएको हो । २०४६ को परिवर्तनलाई देउवाले यसैगरी समाप्त पार्नुभयो, अहिले पनि देउवाले त्यही काम गर्नुभएको छ । संसद सकिएपछि मन्त्री हेरफेर हुन सक्दैन तर देउवाले जे काम संबिधान र कानूनले निषेध गरेको छ, त्यही काम गर्नुभएको छ । मैले भनेको मान, मैले जे भने त्यही हुनुपर्छ, मेरो कुरा अन्तिम सत्य हो भन्ने देउवाको सोच यो निर्णयबाट प्रष्ट देखिएको छ । यो अधिनायकवादी सोच नै हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरण प्रक्रिया अघि बढेपछि चुनाव सार्न देउवाले मन्त्रिमण्डल बिस्तार गर्नुभयो । सरकार परिवर्तन नगर्ने स्पष्ट अडान माओवादीले राखेपनि देउवाले बिरोध गर्छन, संबिधान र कानून बिपरित भएकोले निर्वाचन आयोग र राष्ट्रपतिले सफथ रोक्छन, त्यसैको आडमा चुनाव रोकेर अनन्तकालसम्म राज गर्छु भन्ने योजना बनाउनु भयो ।
उहाँको यो योजना बुझेर बिपक्षी दल, माओवादी, निर्वाचन आयोग र राष्ट्रपतिले अवरोध गर्नुभएन । देउवाले निर्वाचन आचार संहिताबिपरित काम गरेको भएपनि चुनाव होस भन्नका लागि सफथ गराइयो । एमाले माओवादीले पनि चुनावका लागि भन्दै केही असहज निर्णय लिएन । सवैलाई लाग्यो, सरकारले चुनाव गराउने हो, जति बदमासी गरेपनि मंसीरसम्म हो भन्ने अनुमान लगाए । तर संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने योजनामा रहनु भएका देउवाले फेरि अर्काे अनैतिक काम गर्नुभयो ।
चुनाव नगर्ने उहाँको योजना बुझेपछि माओवादी मन्त्रीहरूले राजीनामा दिएनन, उहाँले अव माओवादी र एमालेलाई भडकाउने अन्तिम मौका यही हो भन्दै सवै मन्त्रीलाई बिनाबिभागीय बनाइ दिनुभयो । जुन काम संबिधानले बर्जित गरेको छ, त्यही गर्ने, जुन काम निर्वाचन आचार संहिताले बर्जित गरेको छ, त्यही गर्ने, जुन कामले लोकतन्त्रमाथि कालो बादल मडारिन्छ, निर्वाचनको वातावरण बिग्रन्छ, त्यही गर्ने काम प्रधानमन्त्री देउवाले गरिरहनु भएको छ । यो सत्ता उन्माद र अधिनायकवादी काम नै हो ।
संबिधान निर्माणको बेला बहश भइरहँदा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बागबजारको हार्दिक होटलमा आयोजित कार्यक्रममा भन्नुभएको थियो, ‘मैले भनेकै हुनुपर्छ, मैले भनेको मान, मैले भनेकै हुनुपर्छ, तिमीहरूको कुनै कुरा सुन्दिन भन्नु अधिनायकवादी सोच हो ।’ मंगलवार प्रधानमन्त्री देउवाले गरेको काम सिटौलाले भन्नुभएको जस्तै हो ।
देउवाले गर्नुभएको काम गिरिजाप्रसाद कोइरालाको त्यो निश्कर्षअनुसारकै हो । देउवालाई बिश्वास गर्दा २०५९ र ०६१ मा एमाले पछुतायो, अहिले माओवादी केन्द्र पछुताएको छ । देउवा पावरमा पुगे फेरि मुलुकलाई प्रतिगमन र अधिनायकवादतिर धकेल्छ भन्ने कोइरालाको निश्कर्ष देउवाको कामले सही सावित गरेको छ । देउवा मैले जे गर्दा पनि हुन्छ, सत्ता मेरो हातमा छ भन्ने अत्यन्तै डरलाग्दो भाइरसको शिकार हुनुभएको छ । उहाँले छवि सुधार्ने अन्तिम अवसर पनि गुमाउनु भएको छ ।
देउवाको योजना बुझेर बिपक्षी दल, माओवादी, निर्वाचन आयोग र राष्ट्रपतिले अवरोध गर्नुभएन । देउवाले निर्वाचन आचार संहिताबिपरित काम गरेको भएपनि चुनाव होस भन्नका लागि सफथ गराइयो । एमाले माओवादीले पनि चुनावका लागि भन्दै केही असहज निर्णय लिएन । सवैलाई लाग्यो, सरकारले चुनाव गराउने हो, जति बदमासी गरेपनि मंसीरसम्म हो भन्ने अनुमान लगाए । तर संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने योजनामा रहनु भएका देउवाले फेरि अर्काे अनैतिक काम गर्नुभयो ।
बिगतको दाग मेटेर देउवाको सत्ता बहिर्गमन हुनेछ भन्ने बिश्वास पनि सकिएको छ । अव नेपाली कांग्रेस र देशलाई देउवाबाट बचाउ भन्ने दिन आएको छ । अव फेरि कहिल्यै प्रधानमन्त्री बन्न सक्दिन भन्ने निश्कर्षमा पुगेका देउवाबाट मुलुक जोगाउन भने निकै ठुलो मुल्य चुकाउनु पर्ने संकेत देखिन थालेको छ । देउवामा सदबुद्धि आएन भने प्रतिगमन निश्चित
जनता समाचारवाट ।










