तीन पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्जबाट कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको टोलीले नेपालगन्ज उप–महानगरपालिका २२ पुरैनी स्थित शान्ति चोक नजिकबाट सोमबार एउटा कटुवा पेस्तोल  सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका २२ पुरैनी बस्ने श्यामता लोनिया, डुडुवा गाउपालिका ३ बस्ने बाबुलाल पासी र डुडुवा गाउपालिका ४ बस्ने अली बागबान रहेका छन् ।

अवैध रुपमा हतियारको कारोबार हुदैछ भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको एसपी तामाङले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ





error: Content is protected !!