Breaking : उपप्रधानमन्त्री कृष्णबहादुर महराले मन्त्रालयको कार्यकक्ष छोडे

काठमाडौं–उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो कार्यकक्ष छोडेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुलाई हटाउने तयारी गरिरहेका बेला महराले आइतबार मध्यान्न कार्यकक्ष छोडेका हुन्।
उनले आफ्ना सरसामान प्याक गरेर लगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि शुक्रबार माओवादी केन्द्रको बैठक बसेको थियो। तर, उसलेले आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको थियो।
प्रधानमन्त्री देउवाले शुक्रबार नै संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका मन्त्री हटाउने संकेत गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले ४(५ दिनमा मन्त्री घटिहाल्छन। तपाईँ थाहा पाइहाल्नुहुन्छ नि भनेर जवाफ फर्काएका थिए।



