डोटिका पत्रकार पवन महराले गरे प्रबासी एक युबालाइ “तँ डुम”भनि गाली ,

डोटीका पत्रकार पवन महराले सामाजिक संजाल मार्फत अश्लील गाली गलौज गरेको भन्दै मलेसियामा कार्यरत डोटी कै एक युवकले पत्रकार महरा बिरुद्ध खेद ब्यक्त गरेका छन् ।

पत्रकार महराले एउटै पार्टीलाई मध्येनजर गरि लेखेको समाचारमा गरेको कमेन्टको बिषयलाई लिई गाली गलौज गरेको पीडित प्रकाश नेपाली ले जानकारी दिए । पिडित नेपालीले एउटै पार्टीलाई मात्र मध्येनजर नगरी सबैलाई समेटी समाचार लेख्न आग्रह गरेका थिए । तर महराले सबै पार्टीका आ-आफ्नै पत्रकारका संगठन हुने र तँ डुम (दमाई) ले मलाइ पत्रकारिता सिकाउने भन्दै पत्रकार महराले नेपालीलाई प्रती उत्तर दिए ।

तर, नेपालको संविधान २०७२ को भाग ३ को धारा २४ औं को उपधारा १, २, ३, ४ र ५ मा लेखिएको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पती, जातजाती, समुदाय, पेसा, व्यवसाय वा शारिरीक अबस्थाको आधारमा भेदभाव गर्न पाइने छैन् र सो कार्य गरेको पाईएमा कानुन बमोजिम दण्डनिय हुने ब्यबस्था गरिएको छ तर रास्ट कै चौथो अंग मानिने पत्रकारले नै यस्तो व्यबहार गाली गलौज साथै जातिय भेदभाव गरेका छन।

पत्रकार महरा र ३ बर्ष देखि मलेसिया बस्दै आएका पीडित युवक डोटीकै बासिन्दा हुन । महरा राष्ट्रिय समाचार समिती र ईमेज च्यानलका डोटी रिपोर्टर हुन भने दिपायल पोस्टका सह-सम्पादक तथा एनपिएल न्युज अनलाईन मिडियाका सम्पादक हुन ।

पत्रकार महरा र पिडित प्रकास नेपाली बिच भएको कुराकानी:

पत्रकार राष्ट्रको चौथो अँग भएर पनि यसरि जातिय आधारमा बिभेद गर्नु र अप शब्द प्रयोग गरि गाली गलौच गर्नु आफैमा असोभनिय र निन्दनिय कार्य हो । पत्रकार महराले प्रयोग गरेका शब्द र जातिय दुब्र्यवहार प्रती दलित अधिकारकर्मी तथा संचारक्षेत्रमा संलग्न अन्य पत्रकारहरुले बिरोध गरेका छन।

 

समाजमा सदभाव कायम गर्न, जनचेतना बृद्धी गर्न र समाजका अन्धविश्वास, बिभेद हटाउनमा कलम चलाउनु पर्ने पत्रकार नै समाजमा द्धन्द र जातिय बिभेद जन्य ब्यवहार गर्छ भने अन्य ब्यक्तिले यस्ता बिभेद र बहिष्करणमा परेका जाति, समुदायप्रती कस्तो ब्यवहार गरिरहेका होलान ? पत्रकार बाट नै जातिय दुब्र्यवहार र अशोभनिय गाली गलौच गरिएको प्रती पत्रकार महासंघको ध्यान पनि केन्द्रित हुन निकै आबश्यक देखिन्छ।

-जागरण मिडिया सेन्टर





error: Content is protected !!