पत्रकार भट्टराईमाथि आक्रमण, दोषीलार्इ कार्वाहीको माग

कालिकोट । अराजक समूहले आक्रमण गरेको जनाइएको छ । अराजक समूहको कुटपिटबाट पत्रकार भट्टराई गम्भीर घाइते भएका छन् । बेहोस अवस्थामा रहेका भट्टराईको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको र थप उपचारका लागि बाहिर लिने तयारी भइरहेको छ ।

आक्रमणकारीलाई कार्वाहीको माग

यसैबीच प्रेस सेन्टर नेपाल प्रदेश नं ६ ले आक्रमणकारीहरुको पहिचान गरी कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

प्रेस सेन्टरनेपाल ६ नं प्रदेशका अध्यक्ष ध्रुव बुढाथोकीले विज्ञप्ति निकाली भट्टराईमाथि भएको आक्रमणको भत्र्सना र निन्दा गर्दै यस्ता घटनाहरु रोकी नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न माग गरेका हुन् ।

प्रेस सेन्टरले गम्भीर घाइते पत्रकार भट्टराईको उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

पत्रकार भट्टराई पत्रकार महासंघका केन्द्रीय पार्षद तथा प्रेस सेन्टर, नेपाल कालिकोटका अध्यक्ष समेत हुन् ।
पे्रस सेन्टर जाजरकोट ,रुकुम , नेपाल पत्रकार महासंघ हुम्ला ले पनि विज्ञप्ति निकाली दोषि माथि कारवाहीको माग गरेका छन् ।





error: Content is protected !!