‘सेना वामपन्थीको सपोर्टमा छैन’ भन्ने समाचारको यसरी खण्डन गर्यो नेपाली सेनाले

काठमाडौं– नेपाली सेना वामपन्थी एकताको सपोर्टमा नरहेको’ लगायत आशयको समाचार सार्वजनिक भएपछि नेपाली सेनाले त्यसको औपचारिक रुपमै खण्ड्न गरेको छ।

वाम एकता भएपछि केही अनलाइन पोर्टलमा सेनालाई जोडेर समाचार सार्वजनिक भएपछि नेपाली सेनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, केही अनलाइन सञ्चार माध्यमहरुमा नेपालको वर्तमान राजनैतिक घटनाक्रमको सन्दर्भमा नेपाली सेनाको अनौपचारिक धारणा भनी सम्प्रेषण गरिएका समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ।’

नेपाली सेना नेपालको संविधानप्रति सदा प्रतिबद्ध, देश र जनताप्रति समर्पित, इमान्दार, बफादार तथा गैह्र राजनैतिक व्यवसायिक सैनिक सङ्गठनको रुपमा इतिहास कालदेखि नै जिम्मेवारी निर्वाह गर्दै आइरहेको स्मरण गराउदै सेनाले त्यस्ता समाचारले सेनाको विशुद्ध व्यवसायिक तथा ऐतिहासिक छबिमा नै आँच पुगेको ठहर गरेको छ।

ती समाचार निराधार तथा तथ्यहिन भएको व्यहोरा स्पष्ट गर्दै सनाले यस तथ्यहिन समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ।
यसैगरी सेनाले नेपालको संविधान, नेपाली जनता तथा आफ्नो गौरवमय ऐतिहासिक परम्पराप्रति प्रतिबद्ध रहने जनाएको छ।





error: Content is protected !!