समुद्रमा १३० फिट गहिराइमा भेटियो भगवान कृष्णको द्वारिका सहर, हेर्नुस् फोटोहरु

एजेन्सी। अरब सागरको १३० फिट गहिराइमा पुरातत्वविद्हरुले भगवान श्रीकृष्णको प्राचीन नगर द्वारिकाका अवशेष भेटेका छन् । यी अवशेषहरु १० हजार वर्ष पुराना भएको र यी अवशेषले ग्रन्थमा वर्णन गरिएअनुसार द्वारिका नगर समुद्रमा डुबेको कुराको पुष्टि भएको उनीहरुले बताएका छन् । अरब सागरमा प्रदूषणको मात्रा जाँच गर्नको लागि गएको विशेषज्ञको टोलीले अवशेष भेट्टाएको हो । यहाँ जाँचको सिलसिलामा एउटा पर्वत पनि भेटिएको छ । यो पर्वत समुद्र मन्थनका बेला प्रयोग भएको पर्वतको भाग भएको पनि मानिएको छ ।
पौराणिक ग्रन्थका अनुसार भगवान श्रीकृष्णले मथुरामा कंशको वध गरेका थिए । त्यसपछि कंशका ससुरा र मगधका राजा जरासंधले कृष्णसहित यादवको वंशनाश गर्ने उद्घोष गरेका थिए । त्यसपछि कृष्णले मथुरा छोडेर अरब सागरको किनारामा द्वारिकाको स्थापना गरेका थिए । यही सहर समुद्रको स्तर बढ्दा डुबेको अनुमान गरिएको छ । समुद्रको यो भागमा प्राचीन ढुंगाका हतियार, माटाका भाँडा, नहरमा लगाइएका संसाधन, स्नानागार, मूल्यवान पत्थर, कंगना, गोरुका सिङका साथै मानव हड्डीका अवशेष पनि पाइएका छन् जसले यो मानव बस्ती भएको पुष्टि गर्छन् ।
यहाँ भेटिएका काठमा वस्तुहरुको प्रयोगशाला परीक्षणबाट यी चीजहरु ९ हजार ५ सय वर्ष पुराना भएको पुष्टि भएको छ । यसका साथै यहाँ हरप्पा सभ्यताका तलाउ, स्नानागारजस्ता चीजहरुको निशान पनि भेटिएको छ । अनुसन्धानमा संलग्न पुरातत्वविद् एस कथरोलीको अगुवाइमा अनुसन्धान भइरहेको छ । अरब सागरको उत्तर पश्चिममा १३० फिट गहिराइमा २ मिल चौडाइ र ५ मिल लम्बाइको प्राचीन नगर भेटिएको हो ।







