राष्ट्रिय सभागृहमा केपी ओलीले प्रचण्डलाई ‘आदरणीय’ भनेपछि….

   काठमाडौं– कहिलेकाँही प्रचण्डले आफ्नो भाषणमा एक अर्कामा केमेष्ट्रि मिल्ने प्रशंग कोट्याउने गर्थे । प्रधानमन्त्री भएकै बेला प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली जनताको केमेष्ट्रि मिलेकाले मोदीले नेपाली जनतालाई माया गर्ने बताएका थिए । त्यतिवेला प्रचण्डले केमेष्ट्रि शव्द उच्चारण गरेपछि त्यसको बहस समेत भएको थियो । मंगलबार राष्ट्रिय सभागृहममा एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसहित पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि प्रचण्डले भन्ने गरेजस्तै केमेष्ट्रिको चर्चा भयो ।

माओवादी शान्ति प्रकृयामा आएको १० बर्षभन्दा बढि भएपनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच कहिल्यै राम्रो सम्बन्ध नदेखिएपनि अचानक कार्यगत एकता हुनु र कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई पहलो पटक आदरणीय प्रचण्ड भनेर सम्बोधन गरेपछि प्रचण्डले भन्ने गरेको केमेष्ट्रिबारे उपस्थित केही नेता कार्यकर्ताले चर्चा गरेका थिए ।

हुन पनि एमाले अध्यक्ष केपी ओलीले यसअघि कहिल्यै दाहाललाई प्रचण्ड भनेको सुनिएको थिएन । तर, मंगलबार सार्वजनिक कार्यक्रममै ओलीले उनलाई आदरिणय पुष्पकमल दाहाल प्रचण्ड भनेपछि उपस्थित नेता कार्यकर्ताले समर्थनमा हुटिङ नै गरेका थिए ।-रातो पाटी





error: Content is protected !!