क्याटलोनिया जनमत संग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते

बिबिसी । क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहका क्रममा झडप भएका छन्।जनमत संग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते भएको क्याटलन आपतकालीन सेवाले जनाएको छ।
स्पेनको संवैधानिक अदालतले उक्त जनमत संग्रह अवैधानिक भएको बताएको छ।स्पेनी सरकारले मतदान रोक्न आग्रह गर्दै आएको छ।स्वतन्त्रता पक्षधरहरु मतदान केन्द्रमा मत खसाल्न बिहानैदेखि लामबद्ध भएका थिए।
क्याटलन नेताहरुले संघीय प्रहरीको कारबाहीको आलोचना गरेका छन्।प्रहरी अधिकृतहरुले मानिसहरुलाई मतदान गर्नबाट रोकिरहेका छन्।कैयौं स्थानमा मतपत्र र मतपेटिका प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ।



