अछाम माओवादीबाट सामानुपातिक उम्मेदवार सिफारिस

 अछाम । नेकपा माओवादी केन्द्र अछामले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सामानुपातिक उम्मेदवारको बन्द सूचीका लागि नाम सिफारिस गरेको छ । दुई क्षेत्रको छुट्टाछुट्टै बैठकबाट सहमतीका आधारमा प्रतिनिधि र प्रदेश सभाका समानुपातिक उम्मेदवारको लागि १६ जनाको नाम सिफारिस गरेको जिल्ला संयोजक झपट साउदले जानकारी दिए ।

प्रतिनिधि सभा क्षेत्र-१ बाट पोलिटब्युरो सदस्य तारामान स्वार, केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य ईश्वरी खड्का र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रकाश परियार सिफारिसमा परेका छन् ।

यसैगरी क्षेत्र-२ बाट  केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य जोरासिंह बिष्ट, जिल्ला सदस्य जीवन विक र अमृता वली -भुल) को नामावली समानुपातिक उम्मेदवारको बन्दसुचीका लागि प्रस्ताव गरिएको छ ।

मेल्लेख, जयगढ र रामारोशन गाउँपालिका समेटिएको निर्वाचन क्षेत्रबाट झपट साउँद, सुवास बुढा, निर्मला साउद र कुशल बुढा र साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाबाट प्रदेश सभामा टंक रावल, सुरत भुल, रामबहादुर थापा, दिपक सुनार, पूर्ण बहादुर साउँद र टेकबहादुर थापाको नाम टुंगो लाएको छ ।

मंगलसेन, कमलबजार नगरपालिका र ढकारी गाँउपालिकाको केही वडा समेटिएको प्रदेश सभा निर्वाचनमा लोकबहादुर बोगटी, मोतिकला चलाउने र खडक सुज्जीको नाम सिफारिस भएको छ । तुर्माखाँद गाँउपालिका, विनायक नगरपालिका र कमलबजार नगरपालिकाको केही वडा समेटिएको अर्को प्रदेश निर्वाचनमा दिपक रोकामगर, अमर विक र उदयबहादुर बिष्टको नाम रहेको माओवादी नेताहरुले जनाएका छन् ।

प्रत्यक्ष तर्फका उम्मेदवार छनौटमा छलफल भइरहेको माओवादी केन्द्र अछामले जनाएको छ । ‘यही २०/२२ गते भित्रै प्रत्ष्यका उम्मेद्वार पनि टुंग्याउने छौं,’ संयोजक साउदले भने ।





error: Content is protected !!