जाजरकोटकाे वारेकाेट गाउपालिकामा माअाेवादि केन्द्रकाे चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न

जाजरकोट
जाजरकोटकाे वारेकाेट गाउपालिकाको लिम्सामा माअाेवादि केन्द्रकाे चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।आगामी मंसिर १०गते हुने प्रदेश सभा र संसदीय चुनाबको लागि अहिले गाउगाउमा चुनावी प्रशिक्षण तथा प्रचारप्रसार कार्यक्रम भै रहेका छन।त्यस्तै वारेकाेट गाउपालिकाको लिम्सामा भएको नेकपा माओवादी केन्द्रका को चुनाबी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।पाटी पाेलिटव्युराे सदस्य तथा जाजरकोट क्षेत्र न १ का उम्मेदवार गणेस प्रसाद सिह तथा माओवादी केन्द्र जाजरकोट जिल्ला इन्चार्ज गगन खडकाको उपस्थितिमा बारेकोटको लिम्सामा चुनाबी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।त्यस्तै प्रशिक्षण कार्यक्रममा वारेकाेटकाे भविष्य माअाेवादिले नै काेरेको र अझै माओवादी ले नै कोर्ने उम्मेदवार सिंह ले बताउनु भएको छ ।बारेकोटको लिम्सामा भएकाे कार्यक्रम मा पार्टी पोलिटब्युरो सदस्य एबम क्षेत्र न १का उम्मेदवार सिंह ले बारेकोट क्षेत्रका हरेक बिकास निर्माणका हरेक कार्य निकै कठिबद्द भएर गरेको र अझै निरन्तर गर्ने समेत बताउनु भएको छ।नलगाड सराेकार समिति का अध्यक्ष समेत रहेका सिह ले बारेकोट क्षेत्रलाई सम्बद्ध वनाउन माअाेवादिले सडक, खानेपानी ,सिचाई लगाएका विभिन्न बिकासमा जाेड दिएर नै परिवर्तन भएको र अझै यी बिकास निर्माण तथा बारेकोट परिबर्तनमा पार्टी र आफू सधै लागि रहने समेत सिंह ले बताउनु भएको छ।



