रुकुमका दुवै जिससमा माओवादी निर्विरोध

रुकुमका दुवै जिल्ला समन्वय समिति (जिसस) माओवादी केन्द्रको एकलौटी भएको छ । जिल्ला समन्वय समितिका लागि पूर्वी र पश्चिम रुकुम जिल्लाका लागि माओवादी केन्ऽको मात्रै उम्मेदवारी परेको थियो ।
दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित ९/९ जनाको उम्मेदवारी परेको थियो ।
पूर्वी रुकुम जिल्ला समन्वय समितिको प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुख पदका लागि भीमकुमारी पुन निर्विरोध भए । सदस्यमा दयालसिङ पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था विक, विष्णु नेपाली र रीता विक निर्वाचित भएका छन् ।
त्यस्तै, पश्चिम रुकुम जिल्ला समन्वय समितिको प्रमुखमा राजकुमार शर्मा ‘आर्ट’ र उपप्रमुखमा इन्दिरा बीएम नाथ निर्विरोध भए । समन्वय समितिको सदस्यमा टेकबहादुर ओली, धनवीर ओली, अमृत बोहरा, विष्णु सुनार, निर्मला रसाइली, नउम घर्ती र चिमेली सुनार निर्वाचित भए ।
दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतकको कार्यालयका अनुसार शुक्रबार मनोनयन दर्ता र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिएको थियो । निर्वाचन कार्यतालिकाअनुुसार ९ गते भोलि मतदान हुने भनिए पनि माओवादी केन्द्रको मात्र उमेदवारी परेकाले सबै निर्विरोध भएका हुन् ।
एउटा पार्टीबाट मात्रै उम्मेदवारी परेकाले मतदान प्रक्रियामा नगई सोझै निर्विरोध भएको पश्चिम रुकुमको जिल्ला समन्वय समितिका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले जानकारी दिए । – -अनलाइन खबर



