पहिरोले पाक्नै लागेको धानवाली नष्ट

जाजरकोट (रासस) ः गएराती गएको पहिरोले जिल्लाको कुशेगाउँपालिका वडा ४ मा २५ रोपनीमा लगाएको धान वाली नष्ट भएको छ ।
पाक्नै लागेको धान वाली नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् । स्थानीय नन्दराम जैसी , जैसरा जैसी, गिताराम जैसी, निरु जैसी, जनक हमाल, दिपेन्द्र हमालको झारखेत,पदालीमा रहेको धान रोपेको खेतमा माथिवाट आएको पहिरोले खेत पुर्दा धान वाली नष्ट भएको हो । पहिरोका कारण जैसीराम जैसीको घर जोखिममा परेको स्थानीय वीरेन्द्र अचार्यले जानकारी दिनुभयो ।
जैसीकै ३सय भन्दा वढी विभिन्न जडीवुटीका विरुवाहरु पहिरोले वताएको छ । अर्छानी देखि भेटुखाना,तम्ती जाँने विचमा रहेको असोजे खोलामा वाढी आएपछि वाटो वगाएको हो ।
हेमन्त के सी ———



