परिवर्तन र जाजरकोट बिकाशका लागि माअाेबादि जित

प्रकाश कुमार सिंह

देश यतिबेला स्थानीय चुनाव सकेर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी बहसमा छ हाम्रो सबिधानले नै अाउने माघ दस भित्र तिनै तहको चुनाव सक्नुपर्ने बाध्यात्मक ब्यवस्था गरेको छ । त्यही बाध्यात्मक ब्यवस्थाका कारण पनि हामीले चुनाव गर्नैपर्ने छ सिङ्गो देशको सरकार अाफ्नाे बटम लाइन अाउने चुनाव सम्पन्न गर्ने अर्जुन दृष्टिका साथ लागि रहेको छ । त्यसलाई सफल पार्न राज्यका हरेक अङ्गहरु तयारीका साथ लागि रहेछन ।
चुनाव राजनीतिक दलका लागि एक माहा उत्सब नै हो ।
जसले जनताका नयाँ प्रतिनिधि जनताबाट चुनिने सुवर्ण अवसर दिलाउछ । चुनावले नै देशको शासन सत्तामा नयाँ फेर बदल ल्याउछ । हामी मल्टि पाटि सिस्टम छौ जसले बहुमत ल्याउछ उसले शासन गर्न पाउछ । बहुमत नल्याउने पाटिहरु प्रतिपक्ष भुमिकामा रहन्छन ।
अहिले देशका सम्पूर्ण राजनीतिक दलहरू अाफुले बहुमत ल्याउन सबै राजनीतिक दलहरू कम्मर कसेर लागेका छन ।
उनिहरु फेरि चुनावलाई प्रतिस्ठाकाे लडाइ बनाउदै छन । यो राजनीतिक दलका लागि त्यति असाेभाबिक पनि पक्कै होइन । यो राजनीतिमा स्वाभाविक खेल हो ।त्यसलाई धेरैले अनौठो मान्दैन पनि । ।

सिङ्गो देश नै चुनावमा लागि रहदा जाजरकोट पनि त्यसबाट फरक रहन सक्ने कुरा भएन । बषौ देखि गरिबि अशिक्षा राेग भाेक बिकट र उत्पिडनकाे मारमा पर्दै अाएकाे जाजरकोट ।पनि चुनावी सरगर्मिमा छ विभिन्न राजनैतिक दलहरू अाफ्ना उम्मेदवारहरु खडा गरेर चुनावी प्रक्रियामा जान तयार भएका छन । जाजरकोटले राणा शासन राजा शासन पँचायत बहुदल अादि सबैलाई नजिकैबाट चिन्न त सकेन । किनकि उ बिकट बस्तीमा थियोे उसको लागि कुन कुन शासन अाए कुन कुन गए । केही समाजका बुद्धिजीवी र प्रधान पन्च भन्नेलाई बाहेक अरु कसलाई थाहा भएन किनकि जाजरकोटिहरु अाफ्नै दुख पिडामा जीवन बिताउन मात्र सिमित थिए ।

सामजका केही बर्ग र केही मान्छे बाहेक अधिकान्स जाजरकोटिकाे अवस्था पौजमा र पावर थिएन । जाजरकोटि जनताले कहिलै बहुदलकाे पक्क्षमा भाेट हाले कहिलै पँचायतकाे पक्षमा भाेट हाले तर केही ब्यक्ति बाहेक जाजरकोटिकाे कथा बदलिएन ब्यथा बदलिएन । त्यो बेला जतिसुकै निर्बाचित भएर गए । जाजरकोटि जनताकाे लागि कागलाइ बेलपाक्याे न हर्ष बिस्मात भने झेै भयो ।
सपनाहरु जस्ताका त्यस्तै भए । जाजरकोट राज्यका लागि एकादेशकाे कथा जस्तो लाग्ने ठाउँमा जनताका दैनिकी पूरा हुने कुरा सपनाको कुरा हो । तपाई हाम्राे कल्पनाकाे कुरा भन्दा बाहिरको कुरा हो ।

अझै भनौ त्यतिबेला बिकाश निर्माणकाे बजेट कति अाउथ्याे र कुन ठाउँमा लगानी हुन्थ्यो अधिकाङस जनताको पौज भन्दा बाहिरकाे कुरा थियोे । अाउने बिकाश बजेटले केही ब्यक्तिहरु सुबिधा सम्पन्न भन्ने बाहेक जाजरकोटकाे अवस्थामा कुनै परिवर्तन अाएन ।

जाजरकोटि जनताकाे अवस्थामा परिवर्तन गर्न भनेर थुप्रै सँसद भए । जनताले चुनेर पठाए । तर विभिन्न बाहाना जाजरकोटि जनताका सपना दुख र कष्टकाे ब्यपार भयो । जिउका तिउ सपना र चाहनाहरु अासैअासमा ।रहे जिल्ला झन ठुलो सँकटमा फस्दै गयो । फेरि जाजरकोटकाे नयाँ नाम रहयाे झाडापखाला जिल्ला स्वाइफुलु अादि अादिकाे नाम रहयाे ।
यी सबै अवस्थालाई बदल्न राजनैतिक रुपमा हामी अधिकार सम्पन्न अार्थिक रुपमा अात्मनिर्भर बन्न हामीले जबसम्म सक्दैनौं तबसम्म हाम्रा सपना नै रहनेछन । त्यसका लागि राजनैतिक स्थाइत्व पहिलो कुरा हो । अब हामिले तेतातिर लाग्नुकाे बिकल्प छैन ।

के हामी यहि नमिठाे बिगत सम्झेर मात्र बस्ने कुरा त्यसाे होइन । हामीले थुप्रै अगाडि जानू छ । हामीले हाम्रो बिगतकाे इतिहास फेर्न नसकौला तर सुन्दर भबिस्य बाँच्न पाउने अधिकार हामि अाफैसँग छ । जसकाे नेतृत्व पनि हामिले गर्न सक्छौ ।





error: Content is protected !!