स्वच्छ,सफा र सुन्दर , नगर निर्माणमा त्रिबेणी नलगाड नगरपालिकाका प्रमुख रावल।

लक्ष्मण रसाइली ,जाजरकोट
त्रिबेणी नलगाड नगरपालिका स्वच्छ सफा र सुन्दर नगर बनाउने अभियान तीब्र बन्दै गएको छ।नगरका प्रमुख टेक बहादुर रावल अहिले नगरपालिकाका प्रत्येक बजार प्रत्येक गाउँहरुमा पुगेर सरसफाइ सम्बन्धी कार्यक्रम तथा सरसफाइ अभियानमा लागि रहनु भएको छ।आफै खटेर लाग्नु भएका प्रमुख रावल जुन सुकै कार्य परिबर्तन आफै बाट सुरु गर्नु पर्ने हुन्छ तसर्थ परिबर्तन हुन सक्छ भन्ने धेयका साथ प्रमुख रावल अहिले आफैले नै फोहर उठाएर सरसफाइको अभियान तिब्र हुँदै छ।
बिहिवार नगरपालिकाको वडा न २को चिसापानी देखि कालिमाटी बजार सम्म सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।सो सरसफाइ कार्यक्रममा नगर प्रमुख टेक बहादुर रावल,निमित्त कार्यकारी अधिकृत सुरेन्द्र सिंह ,वडा अध्यक्ष लाल बहादुर खत्री सहित स्थानीय ब्यापारी हरुको उपस्थितिमा सरसफाइ गरिएको छ।
स्वच्छ ,सफा,सुन्दरताले भरिपुर्ण एक नमुना नगरपालिका निर्माणमा आफ्नो पहिलो प्राथमिकता हुने प्रमुख रावलले बताउनु भएको छ।पहिलेका जनसरकार प्रमुख हालका नगर प्रमुख रावल अहिले सिङ्गो नगरपालिका फोहर मुक्त अभियान पहिलो प्राथमिकता दिनु भएको छ।
त्यस्तै नगरपालिकाका वडाका मुख्य बजारमा पनि सरसफाइ तिब्र पारिएको छ।वडा न ३को कैना बजार,वडा न ५को कालिमाटी ,वडा न ७को दल्ली,वडा न ८को मन्मै,वडा न ११को चौखा,वडा न १२को तल्लु बजार जस्ता नगरपालिका मुख्य ब्यापारिक केन्द्रमा पनि वडा तथा नगर स्तर बाट विभिन्न सरसफाइ कार्यक्रम युक्त कार्यक्रम सन्चालन गरि सरसफाइ युक्त नगर निर्माणमा नगर प्रमुख रावल खटेर लाग्नु भएको छ।
नगरका बिकाशका कार्य तथा अन्य क्रियाकलापमा खटेर लाग्नु भएका रावल भन्नू हुन्छ”म जनप्रतिनिधि हुन,जनताले मलाइ जिताएका हुन,मैले जनताको कदर गर्नु पर्छ,सिङ्गो नगर नमुना बनाउनु पर्छ,सरसफाइ युक्त नगर निर्माण मेरो पहिलो एजेन्डा रहेको छ।
आफै नगरका विभिन्न ब्यापारिक केन्द्र बजारहरुमा गएर सरसफाइको जनचेतना फैलाउने आफै गरेर देखाउने गरेको छु,र नमुना नगर निर्माणमा जुटनु पर्छ।”प्रमुख रावले भन्नू भयो।



