सामान्य प्रशासनमन्त्री र सचिवबीच द्धन्द्ध– सचिव सापकोटा हटाईए, बराललाई सामान्यको जिम्मेवारी

काठमाडौं– सामान्य प्रशासनमन्त्री टेकबहादुर वस्नेतलाई आफुलाई असहयोग गरेको भन्दै सामान्य सचिव मोहन सापकोटालाई सरुवा गरेका छन् । कर्मचारीको सरुवा बढुवामा सचिव सापकोटाले सहयोग नगरेको गुनासो मन्त्री बस्नेतले गर्दै आएका थिए ।सहकारी मन्त्रालयबाट सामान्यमा आएको वर्ष दिन नपुग्दै सचिव सापकोटाको सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट सरुवा भएको हो ।
सामान्य प्रशासन मन्त्री बस्नेतले सापकोटालाई सरुवा गर्ने प्रस्ताव लगेको स्रोतको दाबी छ । सापकोटाको ठाउमा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव खगराज बराललाई ल्याइएको छ । सापकोटालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको मन्त्री निकट स्रोतले बतायो । उनि माओवादी निकट कर्मचारी भनेर चिनिन्छन् ।



