कांग्रेस नेता पौडेललाई जापानी अध्यागमनले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठायो

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेललाई जापानी अध्यागमनले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ । पौडेलसंगै जापान पुगेका पत्रकार अनिल न्यौपानेलाई पनि जापानी अध्यागमनले फिर्ता पठाएको हो । नेपाली कांग्रेसको भातृ संगठनले जापानमा आयोजना गरेको कार्यक्रममा युवा नेता पौडेलसहित सांसद समेत रहेका कांग्रेस नेता धनराज गुरुङलाई निम्ता दिइएको थियो ।
रातो पासपोर्ट भएका कारण गुरुङलाई प्रवेश अनुमती दिइए पनि पौडेल र न्यौपानेलाई भने अध्यागमनले नियन्त्रणमा लिएर नेपाल फिर्ता गरेको हो । उनिहरुलार्ई जापानको हानेदा विमानस्थलबाट फिर्ता पठाइएको हो । नेता पौडेललाई फिर्ता पठाउनुको कारण भने खुल्न सकेको छैन । उनिहरु आइतवार साझ काठमाडौं पुग्दैछन् ।
नेता पौडेललाई प्रवेश अनुमती दिन जापानस्थित नेपाली दूतावासले पहल गरे पनि जापानी अध्यागमनले दूतावासको आग्रह नसुनेको दुतावास स्रोतले जानकारी दियो । नेता पौडेललाई बोलाउने संस्था र व्यक्तिको रेकर्ड राम्रो नभएको र आवश्यक कागजात पनि उनिसंग नभएपछि फिर्ता पठाइएको दूताबास स्रोतले काठमाडौंपाटीलाई जानकारी दिएको छ ।



