विपद् ब्यवस्थापनका लागी जनशक्ति तयार

जाजरकोट । समुदाय विकास कार्यक्रम जाजरकोटले साविकका तीन ओटा गाँउ विकास समितिमा विपद् ब्यवस्थापनका लागी जनशक्ति तयार पार्न थालेको छ । विपद् न्युनिकरणका लागी पुर्व तयारी स्वरुप एक सय आठ जना समुदायका युवायुवतिलाई आवश्यक ज्ञान दिईएको हो । साविकका रोकायगाँउ, नायकवाडा र कार्कीगाँउमा सिडिपीले विपद् ब्यवस्थापन कार्यक्रम लागु गरेको छ ।
प्रत्येक गाविसमा चार ओटाका दरले समुदायमा आधारित विपद ब्यवस्थापन समिति गठन गरिएको छ । ति समिति अन्र्तगत प्राथमिक उपचार , खोज तथा उद्धार र पुर्व सुचना प्रणाली गरी तीन ओटा कार्यदलमा विभाजन गरेर काम गरिरहेको विपद् जोखिम न्युनिकरण अधिकृत प्रकास देउजाले बताउनुभयो । कार्यक्रम अन्र्तगत प्राथमिक उपचारमा प्रति गाविस १२ जनाका दरले ३६ जना, खोज तथा उद्धार तालिम ३६ जना र पुर्व सुचना प्रणाली तालिम ३६ गरी एक सय ८ जनालाई तालिम प्रदान गरिएको देउजाले बताउनुभयो ।
मंगलवार सदरमुकाममा आयोजना गरिएको पुर्वसुचना प्रणाली तालिमको समापन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले विपद् ब्यवस्थापनमा पहिलो उद्धारकर्ता समुदायकै मानिस हुने भएकोले गाँउ गाँउमा दक्ष जनशक्ति तयार पारि जोखिम न्यनिकरणमा कार्यक्रमले सहयोग गरेको बताउनुभयो । विप्द ब्यवस्थापनमा सुचनाको ठुलो महत्व हुने भएकोले गाँउ घरमा हुने प्रकोप र विपदका सुचनाहरु स्थानिय प्रशासन तथा सरोकारवाला निकायलाई समयमै प्रदान गरेर सहयोग गर्न आग्रह गनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जाजरकोटको प्राविधिक सहयोगमा भएको पुर्व सुचना प्रणाली तालिममा १८ जनाको सहभागिता रहेको थियो । रेडक्रसका हरिगोपाल चौलागाईले सहजीकरण गरेको तालिमको समापनमा समुदाय सहयोग कार्यक्रमका जिल्ला संयोजक काशीराम कार्कीले तालिमका सिकेका कुरा साँचिकै रुपमा विपद आईलागे प्रयोग गर्न आग्रह गनुभयो । उहाँले भन्नुभयो ‘विपद आईनपरोस हामी त्यही कामना गरौ यदि आईहाल्यो भने जोखिम न्युनिकरणमा यहाँहरुको भुमिका महत्वपुर्ण हुनेछ ।’



