वडा कार्यालयमा सोलार

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले विद्युत् नपुगेका वडामा सोलार जडान गरेको छ । वडाको सम्पूर्ण कामकाज कम्प्युटर प्रणालीमार्फत गर्ने योजनाअनुसार नगरका ८ वडामा सोलार राखिएको हो । नगर प्रमुख विशाल शर्माले झन्डै ९ लाख लगानीमा वडाहरूमा २ सय र ४ सय वाटका सोलार जडान गरिएको जानकारी दिए । उनका अनुसार केही वडामा २ सय वाटका सोलार परेका छन् भने केहीमा ४ सयका जडान गरिएको छ । ५, ६, ९, १०, ११, १२, १३ र १४ मा कम्प्युटर जडानको काम पनि सकिएको छ ।





error: Content is protected !!