संरक्षण तथा प्रचार प्रसारको अभाबमा जिर्ण बन्दै कालिका मन्दिर ,मुटकेचुला तिर्थ स्थल

लक्ष्मण रसाइली जाजरकोट ।
जाजरकोटको पुर्बी भेग डोल्पाको सिमाना,साबिकको भगवती गाउँ बिकास समिती वडा न:९,हालको त्रिबेणी नलगाड नगरपालिका वडा न:१३ सिउन र रुप गाउँको बिचमा रहेको मालिका मन्दिर र मन्दिर देखि करिब २किलोमीटर माथी अर्थात् ३हजार मिटर उचाईमा रहेको मुटके चुला तिर्थ स्थल प्रचार र संरक्षणको अभाबमा रहेको छ।बि स १९८६ साल देखि यस मालिका देबि मन्दिरमा हरेक बर्ष साउन पुर्णिमाका दिन मुटकेचुला तिर्थ गरेर मालिका मन्दिरमा पुजा आरधना गर्ने गरिन्छ।साउन पुर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन सिउन गाउँबाट तिर्थ यात्री तथा भक्तजन हरु मुटकेचुलाको तिर्थ यात्रा जाने गर्दछन।र पुर्णिमाको बिहान त्यस मुटके चुला लेकमा तिर्थ यात्री तथा भक्तजन हरु ले नुहाउने सुरु गरे लगतै पानी रसाउन थाल्छ।जब नुहाएर सकिन्छ,पानी पनि बन्द हुन्छ ,अनि सबै तिर्थयात्री भक्तजन झर्ने गर्दछ्न।यस मुटकेचुला तिर्थ गर्न रुकुम,डोल्पा र जाजरकोटका विभिन्न ठाँउबाट आउने गर्दछ्न।र टाढाबाट आएका भक्तजन र तिर्थ यात्रीहरु तिर्थ स्थलबाट आ-आफ्नो ठाँउमा पुर्णिमामा फर्कन्छन भने त्यहा नजिकका सबै तल मालिका मन्दिर झरेर पुजा आरधना,आफुले चिताएको बरदानहरु माग्ने भजन किर्तन गर्ने गर्दछन।रात भरी नाच गान,पुजा पाठ गरेर मनाइन्छ।ऐतिहासिक महत्व र जाजरकोटको पहिचान बोकेको यस मन्दिर तथा तिर्थ स्थल संरक्षणको अभावमा अहिले लोप हुँदै गएको स्थानीयबासीको भनाई छ।यातायात,सञ्चार देखि टाढा रहेको यस क्षेत्र एकदम पबित्र धार्मिक स्थलको रुपमा लिइन्छ।





error: Content is protected !!