२ नम्बर प्रदेशमा माओवादी पहिलो हुने पूर्वगृहमन्त्री बस्नेतको दाबी

काठमाडौं । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले मधेसको आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई अब पहिलो हुनवाट कसैले रोक्न नसक्ने दावी गरेका छन् । बिहिवार (आज) राजधानीमा अखिल (क्रान्तिकारी)द्वारा आयोजित भेलामा बोल्दै नेता बस्नेतले भने-‘ मधेसी जनताको अधिकारका निम्ति सवैभन्दा धेरै माओवादीले लडेको कुरा यतिबेला मधेसी जनताले बुझ्न थालेका छन् ।’

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा माओवादीको पक्षमा अभुतपुर्व लहर देखापरेको नेता बस्नेतले जिकिर गरे । बस्नेतले भने- ‘वर्गीय,जातीय,क्षेत्रीय र लैङ्गिक समस्यालाई एकीकृत ढंगले हल गरेपछि मात्र राष्ट्र अघि वढ्न सक्दछ ।’





error: Content is protected !!