किसानलाई नमस्कार गर्ने दिन कहिले आउँछ ?

जाजरकोट भदौँ । दैनिक माटोमा जीवन विताउने र कुटो र कोदालोको सहारामा सवैको जीवनको भविश्य देख्ने किसानलाई सम्मान गर्ने दिनको खोजिमा रहेको किसानले वताएका छन् ।
देशका प्रधानमन्त्री देखि राष्ट्रपति सम्मलाई यहि किसानले दिन रात खटिएर उत्पादन गरेको अन्नले वचाउँछ तर दुख गरि दैनिक अहारा उत्पादन गर्ने किसालाई कसैले सम्मान गरेको नदेख्दा दुख लाग्ने गरेको यहाँका किसानले वताएका हुँन् । जाजरकोटमा पहाडी क्षेत्र विकास अभियान ले गरेको वार्षिक सामाजिक परिक्षण कार्यक्रमा वोल्दै किसानले यस्तो आक्रोष पोखेका थिए । विहान देखि वेलुका सम्म काम गर्दा पनि हामीलाई ३ महिना खाना पुग्दैन किसानका पिडा कसले वुझ्ने भन्दै कार्यक्रममा सहभागि दसेराका रामवहादुर वस्नेतले वताउनुभयो । जसले काम गदैँन , उसलाई भए भरका सम्मान हामीलाई अहिले सम्म नमस्कार गर्ने मानिस नभेटिएको उहाँको भनाई छ । यो कुरा सुनेपछि कार्यक्रममा प्रमूख अतिथि भएका जिल्ला समन्वय समितिका संयोजक मनवहादुर रावल , भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती , निर्मित प्रमूख जिल्ला अधिकारी कृष्णप्रसाद खतीवडा लगाएतहरु गम्भिर हुनुभयो । गाउँमा खाद्यान्न छैन् , जति कराएपनि हाम्रो कुरा कसैले सुनेर अर्का सहभागी सिमाका कालीवहादुर थापाले पिडा पोख्नुभयो ।
जिल्लामा सञ्चालनमा रहेका सवै कार्यक्रमहरु पारदर्शी ,दवाफदेही हुँनुपर्ने र किसानमैत्री हुँनुपर्ने सहभागीले जोड दिएका थिए । करोडौँको वजेट जिल्लामा भित्रिएपनि त्यो वजेटवाट किसानले कतिको फाईदा लिए त्यो ठुलो कुरा भएको र समिक्षा हुँन जरुरी रहेको संयोजक रावलले वताउनुभयो ।
हेमन्त के सी रासस



