कांग्रेसका जनजाती मन्त्रीहरुलाई सम्मान

काडमाडौ– नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाती संघले वर्तमान मन्त्रिपरिषद्मा पार्टीबाट प्रतिनिधित्व गर्ने आदिवासीजनजाति मन्त्रीहरुलाई सम्मान गरेको छ ।

शुक्रबार बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपीनगर सानेपामा आयोजित कार्यक्रममा वर्तमान मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्री तथा राज्यमन्त्रीहरुलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने गोपालमान, भीमसेन दास प्रधान, दिलमान पाख्रिन, राज्यमन्त्रीहरु सीता गुरुङ्ग, अमर सिंह पुन, तेजुलाल चौधरी, डिल्लीबहादुर चौधरीलाई सम्मान गरिएको संघका महासचिव प्रशान्तकुमार राईले बताए ।





error: Content is protected !!