कोही नेताका छोरा,छोरी विदेशी कलेजमा , कोही नेताका छोराहरु वाढी पिडितको सहयोगमा दिनरात खट्दै

काठमाण्डौँ । केही प्रभावशाली नेताका छोरा,छोरीहरु विदेशका महंगा कलेजमा पढ्दै गरेको समाचार आईरहेको वेला माओवादी केन्द्रका केही नेताका छोरा,छोरीहरु विगत एक हप्ता देखि तराईका विभिन्न भागमा राहत तथा उद्धारमा खटिएका छन् ।

 

उनीहरुका पनि चाहाना थिए होला महंगा कलेजमा पढ्ने र साहनको जिन्दगी विताउने तर उनी वाढीवाट प्रभावित क्षेत्रमा गएर पिडितलाई विभिन्न सामग्री तथा ईट्टा वोकेर सघाईरहेका छन् ।

उपराष्टपतीका छोरा दिपेश पुर र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता शक्तिवहादुर वस्नेतका भतिजा मुक्ती वस्नेत अहिले बाढि वाट प्रभावित क्षेत्र रौतहटको माधवनारायण नगरपालिका मुडवलवा काममा खटिएका छन् ।





error: Content is protected !!