शिक्षक नियुक्ति विवादमा विद्यालय तोडफोड ,सम्पूर्ण कागजात च्यातिए

हुम्ला । हुम्लाको एक विद्यालय मावि शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादपछि विद्यालयमा तोडफोड हुँदा अभिलेख नरहने गरी कागजात च्यातिएको छ । गत ३० गते श्री कोट माध्यमिक विद्यालयको झ्याल तोेडेर एक समुहले विद्यालयको विद्यार्थी र शिक्षकको हाजिर रजिष्टर, यसै वर्ष माध्यमिक शिक्षा उतीर्ण परीक्षामा उतीर्ण भएका विद्यार्थीको लव्धांकपत्र, गत वर्षका आर्थिक अडिट गरेको कागजात, बैंकको चेकबुक लगायतका च्यातिएर नष्ठ गरिएको विद्यालयका प्रधानाध्यापक नेत्रलाल हमालले जानकारी दिए । दिउसो विद्यालयमा व्यवस्थापन समितिको बैठक भएको राती यो घटना हुदा कस्को योजना भएको भन्ने खवर एकिन नभएको प्रअ हमालले बताए । एक्कासी समुदायिक विद्यालयमा यस्तो घटना हुनु अत्याचार भएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
दिउँसो विविस समिति बैठक, बेलुका रहस्य घटना
दिउसो विद्यालय समितिको बैठक बसेको राती झ्याल तोडेर सामुदायिक विद्यालयमा रहस्यमय घटना भएको छ । विद्यालय व्यवस्थापन समितिको बैठक सकिएको राती यो घटना हुनुले व्यवस्थापन समितिको निर्णयलाई लिएर हुन सक्ने स्थानीय बासिन्दाहरुले आँकलन गरेका छन् । घटनाको बारेमा बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर हमाल आफुलाई समेत ज्यान मार्ने धम्की आएको बताए ।
उनका अनुुसार कक्षा ११ र १२ सञ्चालन गर्नको लागि यसै शैक्षिक वर्षबाट अनुमति लिई भर्ना लगिरहेको बेला एक समूहले तोडफोड गरेकोले असहज वातावरण सिर्जना भएको उनले बताए । प्रधानाध्यापक नेत्रलाल हमालले यस अघि विद्यालयको शिक्षकको नियुक्ति भईसकेको र हाल विद्यालयको आर्थिक अवस्थाले नयाँ शिक्षक नियुक्त गर्न नसक्ने सर्केगाड गाउँपालिकाको वडा नं। ७ का वडा अध्यक्ष कृष्णप्रसाद जैशी लागि जानकारी समेत गरेको बताए ।
विद्यालयको कुनै अभिलेख नभेटिने गरी कागजात च्यातिए
विद्यालयमा रहेका सम्पूर्ण सक्कली कागजात अभिलेख नरहने गरी च्यातिएको छ ।विद्यालयको कार्यालयमा रहेको स्टिलको दराज समेत फोडिएको छ । नजिकै रहेको कार्कीवाडा भन्ने गाउँको गुरामाडु सम्म कागजात च्यात्दै लगिएको र कुनै प्रमाण भेटाउन नसकिने गरी नष्ट गरिएको विद्यालय श्रोतले जनाएको छ ।
घटना प्रहरी सम्म पुग्दा पनि जिल्ला शिक्षा कार्यालय मौन
विद्यालयमा तोडफोड भएको घटना सर्केगाड ईलाका प्रहरी सम्म पुग्दा सम्म पनि जिल्ला शिक्षा कार्यालय भने यो विषयमा बेखबर छ । जिल्ला शिक्षा कार्यालय हुम्लाका जिल्ला शिक्षा अधिकारी मदन बहादुर थापाले घटनाबारे आफुलाई कुनै पनि औपचारिक खबर नआएको बताए । यो घटना इलाका प्रहरी कार्यालय सम्म पुग्दा समेत जिल्ला शिक्षा कार्यालय हुम्ला मौन रुपमा बसेको देखिन्छ ।










