प्रचण्डको खुलासा ‘ओली सरकार एमालेकै नेताको दबावमा ढलेको हो

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससंगको सत्ता समिकरण शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्याउनको लागी गरिएको दावी गरेका छन् । प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई शुक्रवार पार्टी मुख्यालय पेरिशडाडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससंगको सत्ता समिकरण लामो समयसम्म रहने संकेत गरेका छन् ।

“माओवादी र कांग्रेस शान्ती प्रक्रियाको दुईटा पक्ष हो,त्यसैले पनि हाम्रो सहकार्य सम्भव भएको हो ,एमाले शान्ती प्रक्रिया लचक नहुदासम्म यो सहकार्य लम्बिन्छ ।” बैठकमा अध्यक्ष प्रचण्डले भने ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले भरोसा नभएको पार्टी भएको भन्दै एमालेका नेताहरुको बाहिर एउटा भन्ने तर भित्र अर्कै काम गर्ने चरित्र रहेको आरोप समेत लगाए ।
एमालेप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले एमालेको नक्कली राष्ट्रवाद धेरै दिन नटिक्ने समेत दावी गरे ।

लोकमान प्रकरणको प्रशंग औल्याउदै अध्यक्ष प्रचण्डले तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बचाउन एमाले अध्यक्ष केपी शर्मा ओली नै लागेको खुलासा समेत गरे । उनले लोकमानलाई कार्वाही गर्न आफुले तीन चोटी प्रस्ताव गर्दा समेत ओलीले नमानेको दावी गरे ।

“मैले ओलीलाई लोकमानले धेरै गर्यो कार्वाही गरौ भन्दा उनि सहमत भएनन् पछि उल्टै ओलीले प्रचण्डलाई कार्वाही गर हामी बचाउछौ भनेर लोकमानलाई मेरो विरुद्ध उक्साउने काम भयो ।” अध्यक्ष प्रचण्डले बैठकमा भने ।

आफ्नो पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले माओवादीलाई भन्दा राप्रपा र विजय गच्छेदारलाई महत्व दिएको भन्दै प्रचण्डले पछि ओलीले आफ्नै पार्टीका केही नेता हातमा लिएर माओवादीलाई कमजोर बनाउने खेलमा लागेको समेत आरोप लगाए ।

माओवादीलाई कमजोर बनाउने षडयन्त्र गरेपछि एमालेकै वरिष्ठ नेताहरु झलनाथ खनाल,माधव नेपाल र बामदेव गौतमको दबावमा आफुले सरकारबाट समर्थन फिर्ता लिएको प्रचण्डको दावी थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!