अघिल्लो दिन कांग्रेस प्रवेश गरेको सांसदको टोली फेरी माओवादीमै फर्कियो

काठमाण्डौ–माओवादी केन्द्रका तीन जना केन्द्रिय नेताले नेपाली कांग्रेसमा प्रवेश गरेको भन्ने समाचारमा सत्यता नभएको जनाएका छन् । उनिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाटका क्रममा लिइएको फोटोलाई सामाजिक संजालमा पोष्ट गरि पार्टी प्रवेश भनेर भ्रामक प्रचारबाजी गरिएकोप्रति ध्यानकर्षण भएको जनाएका छन् ।
माओवादी केन्द्रका महाधिवेशन आयोजक सदस्य एंवम् पुर्व सभासद पुरन राना थारु,केन्द्रिय नेता अमीन दहित र जिल्ला सदस्य छंगा रानाले एक विज्ञप्ती जारी गर्दै आफुले माओवादी केन्द्रमै रहेको जनाएका छन् । उनिहरुले माओवादी आन्दोलनबाट आफुहरु कहिले पनि विचलित नहुने भन्दै नेपाली कांग्रेसले फैलाएको भ्रममा नपर्न समेत कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी सावदले शुक्रवार एक विज्ञप्ती जारी गर्दै उनिहरु तिनै जना नेपाली कांग्रेसमा प्रवेश गरेको दावी गरेका थिए । नेपाली कांग्रेसमा प्रवेश गरेको हल्लागत्तै उनिहरुले माओवादी नेता लेखराज भट्टलाई भेटेर स्पष्ट समेत पारेका छन् । स्रोतकाअनुसार आजै उनिहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।
उनिहरु तिनै जना कंचनपुर माओवादीका युवा नेताहरु हुन । सभासद रानालाई माओवादी केन्द्रले दुई पटक सांसद बनाइसकेको छ भने अर्का नेता दहित यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा कंचनपुर क्षेत्र नम्वर २ बाट चुनावमा उम्मेदवार बनेर कांग्रेस नेता सावदसंग पराजित भएका थिए ।
माओवादी केन्द्रमा फर्केलगत्तै सभासद पुरन राना र सुर्य दहित , माओवादी केन्द्रका युवा नेता सरल भाटसंग सामुहिक तस्विर खिचाउदै । साथै उनिहरुले जारी गरेको विज्ञप्ती पनि यस्तो छ ।










