भारतीय विदेशमन्त्री भेट्न एक हुल राजपाका नेताहरु सोल्टी होटेल पुगे

काठमाण्डौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग राहोटेलष्ट्रिय जनता पार्टीका शीर्ष नेताले होटेल सोल्टीमा सामूहिक भेटवार्ता गरेका छन् ।राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र राय यादवले स्वराजसँग भेटेका हुन् ।

भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन तथा मधेसकेन्द्रित दलहरूबीचको एकतालगायतका बारेका छलफल भएको एक नेताले जानकारी दिए । तर, उनले कुराकानीबारे विस्तृतमा बताएनन् ।
राजपा नेताले संविधान संशोधन, चुनावलगायतका विषयमा जानकारी दिएका थिए ।

नयाँ पत्रिकाबाट





error: Content is protected !!