गृहमन्त्रालयद्धारा दुई दर्जन सिडियोको सरुवा

काठमाडौं– गृहमन्त्रालयले काठमाडाको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मालाई जिम्मेवारी दिएको छ । यसअघि मन्त्रिपरीषदको वैठकले उनलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट गृहमा सरुवा गरेको थियो । मन्त्रालयले शर्मासहित दुई दर्जन सिडियोहरुको सरुवा गरेको छ । शर्मा स्थानिय विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखामा प्रमुखका रुपमा कार्यरत थिए ।

गृहमन्त्रालयले वुधवार गरेको सरुवामा रामप्रसाद आचार्यलाई मोरङ, सप्तरीका कामु सिडिओ कृष्ण कटुवाललाई परिचय पत्र व्यवस्थापन केन्द्र, विनोद प्रकाश साहलाई पर्सा, ऋषिराम तिवारीलाई झापा, श्याम प्रसाद भण्डारीलाई धादिङ, बाबुराम श्रेष्ठ महोत्तरी, विरेन्द्र कुरमार यादवलाई गृहमन्त्रालय, भागिरथ पाण्डेलाई सप्तरी र महेश आचार्यलाई धादिङबाट स्याङ्जामा प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

त्यसैगरी धर्मानन्द जोशीलाई बझाङ, चोमेन्द्र न्यौपानेलाई रसुवाको सिडिओबाट धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीमा, जनकराज पन्तलाई ओखलढुंगा, भुपेन्द्र थापा सोलुखुम्बु , कष्ण बहादुर घिमिरे प्युठानको सिडियोमा, गृहमन्त्रालयका लक्ष्मण विक्रम थापालाई दोलखाको सिडिओमा, हिरादेवी पौडेललाई रसुवामा, कृष्णप्रसाद अधिकारीलाई म्याग्दी, जनार्दन गौतमलाई दार्चुलाको सिडिओमा, र मोहन जिसीलाई ताप्लेजुङको सिडिओमा सरुवा गरिएको छ ।





error: Content is protected !!