नगरपालिका झिलिमिली

जाजरकोट , सावन २६ । यहाँको त्रिवेणी नलगाड नगरपालिका झिलिमिली वनाएको छ । वागमारे जलविद्युत योजनावाट विद्युत उत्पादन गरि नगरपालिकाको वडा ७ झिलिमिली वनाएको हो ।
विद्युत सेवा नहुँदा अन्धकार रहेको दल्लीमा विद्युत सुरु संगै स्वास्थ्य संस्थामा समेत काम गर्न सहज भएको छ । विद्युतको अभावमा मोवाईल सम्म चार्ज गर्न समस्या भएको वेला विद्युत सञ्चालनमा आएपछि स्थानीयहरु खुसी हुँनुका साथै सरकारी काम काजमा समेत सहजता आएको छ । एक औपचारिक कार्यक्रमका साथ त्रिवेणी नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावलले विहिवार विद्युत सेवाको औपचारिक उद्घाटन गनुभयो । ४५ किलोवाट विद्युतवाट यहाँका वडा नं ४,५,६ र ७ का स्थानीय वासीहरु समेत लावन्धित भएको मेयर रावलले वताउनुभयो ।  रासस





error: Content is protected !!