एक महिना देखि गाउँ हुदै सदरमुकाम सम्म रेविज भेक्सिन अभाव

जाजरकोट । त्रिवणी नलगाड नगरपालिका वडा १३ का रामवहादुर थापा रेविज विरुद्ध लगाईने सुईको लागि दल्ली स्वास्थ्यमा पुगेपनि निरास भएको वताए । एक दिन हिडेर आउँदा पनि भेक्सिन नहुँदा जाजरकोट सदरमुकाम थप एक दिन हिडेर आएका रामवहादुरले जिल्ला स्वास्थ्य कार्यालयमा पनि भेक्सिन नहुँदा नेपालगन्ज जाँन लागेको वताए । एउटा सुईको लागि हजारौ रकम खर्च र दुख धेरै भएको भन्दै उनले आक्रोष पोखे । त्यस्तै भेरी नगरपालिका वडा ४ का राकेश चन्दले पनि स्वास्थ्य जाँदा भेक्सिन नपाउँदा जिल्ला वाहिर जाँनु परेको वताए ।
दैनिक रामवहादुर जस्तै आधा दर्जन रेविज विरुद्धको भेक्सिनका लगाउन आउने गरेपनि भक्सिन नहुँदा नेपालगन्ज जाने गरेका छन् । यहाँका गर्खाकोट,दल्ली र सदरमुकाममा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा एक महिना देखि भेक्सिन नहुँदा हैरानी भएको स्वास्थ्यकर्मीले वताए । नियमित रेविज विरुद्धको भेक्सिन लगाउने र नयाँ भेक्सिन लगाउने दैनिक विरामी आएपनि भेक्सिन नहुँदा जिल्ला वाहिर जानु वाध्यता रहेको छ । एक महिना वितिसक्दा पनि क्षेत्रिय स्वास्थ्य कार्यालय सुर्खेतले भेक्सिन नपठाउदा समस्या भएको जिल्ला अस्पतालका एच ए दीपक ओलीले वताए । जिल्लाका ग्रामीण क्षेत्रमा औषधीको अभाव रहेपनि विरामीहरु रित्तो हात फर्कने गरेका छन् ।
विरामीको जाँच स्वास्थ्य संस्थामा हुन्छ भने औषधी निजी मेडिकलवाट लिने गरिएको छ । केही स्वास्थ्य संस्थामा विरामीलाई स्वास्थ्यकर्मीको रुखो व्यवहारले गर्दा उपचारमा थप समस्या देखिएको स्वायम स्वास्थ्यकर्मीहरु वताउन थालेका छन् । औषधी नदिने स्वास्थ्यकर्मीले व्यावहार मिठो गरिएको भए विरामीहरु खुसी हुँने स्थानीयको भनाई छ ।










